अभिषेककी श्रीमतीसंग ईष्या गर्नेले पाए यस्तो नसोचेको जवाफ….

रामेछाप खबर संवाददाता

मुम्बई–

बलिउड अभिनेता अभिषेक बच्चन बुवा अमिताभ बच्चन जस्तो लोकप्रिय हुन नसके पनि एउटा राम्रो कलाकार हुन् भन्ने कुरामा कुनै शंका छैन ।
अभिषेक बच्चन बलिउडका मस्ट डिसेन्ट अभिनेताहरु मध्येका एक मानिन्छन्, जो अहिलेसम्म विरलै कुनै किसिमको विवादमा परेका छन् ।

यद्यपि, सामाजिक सन्जालमा यदि ट्रोलहरुको जवाफ दिने बेलामा भने अभिषेक बच्चन कहिले पनि पछाडि हट्दैनन् । भर्खरै उनले एउटा त्यस्तो ट्रोलको जवाफ दिएका छन्, जसले उनको निजी जीवनमा अनावश्यक प्रतिक्रिया जनाइरहेको थियो । वास्तवमा केहीअघि अभिषेक बच्चनको फिल्म ‘द बिग बुल’ को ट्रेलर सार्वजनिक भएको थियो ।

उक्त भिडियो सार्वजनिक भएकापछि एक जना व्यक्तिले कमेन्ट गर्दै लेखे –‘तिमी कुनै कामको छैनौसाथी । म तिम्रो एउटै कुराको इर्ष्या गर्छु, त्यो हो तिम्रो अति सुन्दर श्रीमती ।’

त्यसको जवाफ दिन अभिषेक पनि कहाँ पछाडि पर्थे र !

उनले ठट्यौली शैलीमा ट्वीटर प्रयोगकर्ताको खुट्टा तान्दै लेखे —’तपाईंको सुझावका लागि धन्यवाद । तर तपाईंले कसको बारेमा कुरा गरिरहनु भएको छ भन्ने बारेमा थाहा पाउन इच्छ्क छु । किनभने तपाईंले सबैलाई ट्याग गर्नु भएको छ । मलाई थाहा छ इलियान र निक्की त विवाहित छैनन्, त्यहि भएर बाँकी रह्यौं म,अजय, कूकी र सोहम । डिज्नीको पनि मेरिटल स्टाटस चेक गर्नु पर्छ जस्तो लाग्छ ।’