अञ्जु पन्तको बिहे पछी नायिका रीमा विश्वकर्माको दोस्रो विवाह गर्दै, को हुन् हुनेवाला बेहुला ?

रामेछाप खबर संवाददाता

काठमाडौं ।

चर्चित गायिका अञ्जु पन्तको विवाहको चर्चाबीच नायिका रीमा विश्वकर्माले पनि दोस्रो विवाहको सं-केत दिनु भएको छ । विवाह भएको २ बर्षमा डि’भोर्स गर्नुभएकी उहाँले फेरि बिहेको कुरा गर्ने बेला भैसकेको बताउनु भएकमेडी च्याम्पियन २’ प्रशारणको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रीमाले दोस्रो विवाहको विषय उठान गर्नुभयो । संचारकर्मीसँग निकै नै रमाइलो शैलीमा प्रस्तुत हुनुभएकी रीमाले अब बिहेको कुरा गर्दा हुने भन्दै प्रशंग शुरु गर्नुभयो ।

नायिका विश्वकर्माले आफ्नो बिहेको कुरा गर्ने बेला भैसकेको तर्क गर्नुभयो । तर, उहाँले दोश्रो बिहेको योजनाको बिषयमा भने केही पनि बताउन मान्नु भएन् । अभिनेत्री रीमाले आफूलाई ‘अर्थपूर्ण स’म्बन्ध’ मनपर्ने पनि स्पष्ट पार्नुभयो ।कोही पनि पूर्ण रुपमा ठिक नहुने भन्दै उहाँले कहिलेकाही कमजोर मह’शुश गरिरहेको बेलामा साथ दिने साथीको आवश्यकता भएको धारणा राख्नुभयो । उहाँको विचारमा यही नै अर्थपूर्ण सम्बन्ध हो । आफुले एकपटक बिहे गरेर सबै कुरा थाहा पाइसकेँको भन्दै आफ्ना लागि बिहे महत्वपूर्ण नभएको तर्क व्यक्त गर्नुभयो । अर्को बिहे आफ्नो कहिले गर्ने भन्ने कुरा आफ्नो इच्छामा भर पर्ने पनि उहाँले जानकारी गराउनुभयो ।

नीताको निर्देशनमा हरिहरले ‘द हरिहर अधिकारी शो’ ल्याउँदै

काठमाडौंँ । केही अगाडि एक भजन गीत गाएर आफूलाई गायिकाको रुपमा अगाडि ल्याएकी अभिनेत्री नीता ढुंगाना अब निर्देशकको रुपमा पनि देखिने भएकी छन् । अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारीले ल्याउन लागेको नयाँ शो ‘द हरिहर अधिकारी शो’ उनको निर्देशनमा आउँन लागेको हो ।

सेलिब्रेटीका वर्तमान र भविष्यको चर्चा गरिने शोमा रेखा थापा, कोमल ओली लगायत अतिथी लिएर केही भाग छायाँकन भैसकेका छन् । जसको निर्देशन उनले गरेकी हुन् । लामो समयदेखि कान्तिपुर टेलिभिजनमा ‘मार्गदर्शन’ कार्यक्रम सन्चालन गर्दै आएका हरिहरले यसै टेलिभिजन मार्फत ‘द हरिहर अधिकारी शो’ ल्याउन लागेका हुन् ।

हुन त पछिल्लो समय फिल्म क्षेत्रमा नीता र हरिहरको प्रेमको चर्चा छ । केही बर्षदेखि एकअर्कालाई डेट गरिरहेका उनीहरुले प्रेमको बिषयमा खुलेर बोलेका भने छैनन् । तर उनीहरुको सम्बन्धले भने प्रेम ब्यक्त गरिरहेको छ ।

नीता एक भोजपुरी फिल्मको छायाँकनका लागि भारतको आगरमा पुगेको बेला हरिहर पनि उनलाई भेट्न त्यहाँ पुगेका थिए । नीतालाई भेट्न हरिहर त्यहाँ पुग्नुलाई धेरैले उनीहरुको बीच प्रेम रहेको समेत अडकल काटेका छन् ।