रोनाल्डो अर्को कीर्तिमानको संघारमा

रामेछाप खबर संवाददाता

काठमाडौं, १० चैत्र ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो करियरमा अर्को कीर्तिमान नजिक रहेका छन । उनले अब सात गोल गरेमा अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछन ।

पोर्चुगलले विश्वकप छनौटमा तीन खेल खेल्दैछ । यदि सो प्रतियोगितामा रोनाल्डोले उत्कृष्ट फर्मलाई जारी राखेको खण्डमा नयाँ कीर्तिमान बनाउने छन । रोनाल्डोले अहिलेसम्म पोर्चुगलका लागि एक सय दुई गोल गरेका छन । इरानका अली दाईको कुल एक सय नौ गोल रहेको छ ।

विश्वकप छनौट अन्तर्गत पोर्चुगलले मार्च २४ मा अजरबैजान, २७ मा सर्विया र ३० तारिखमा लेक्जम्बर्गको सामना गर्दैछ । यी तीन खेलमा रोनाल्डोले अली दाईको रेकर्ड तोड्न सक्ने संभावना प्रबल देखिएको छ । रोनाल्डोले सन् २००३ मा १८ बर्षको उमेरमा अन्तराष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । त्यसपछि उनले अन्तराष्ट्रिय प्रतिस्पर्धामा देशका लागि एक सय गोल पुरा गर्ने पहिलो यूरोपियन खेलाडी बनेका थिए भने विश्वमा दोस्रो खेलाडी बनेका थिए ।

अब तीन खेलमा यदि उनले सात गोल गर्न सकेको खण्डमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउने प्रबल संभावना छ ।

त्रिदेशीय फुटबल हेर्न पुग्ने दर्शकलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य

काठमाण्डाै – त्रिदेशीय फुटबल प्रतियोगिता हेर्न पुग्ने दर्शकले स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्नुपर्ने भएको छ ।

कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेको हुँदा मापदण्डलाई अनिवार्य गरिएको अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । तापक्रम नाप्ने, स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने र मास्क अनिवार्य लगाउनु पर्ने एन्फाले जनाएको छ । त्रिदेशीय फुटबल प्रतियोगिता आजदेखि हुँदैछ । बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुने प्रतियोगिताको पहिलो खेलमा बंगलादेश र किर्गिस्तानले खेल्दैछन् ।

नेपालले आफ्नो पहिलो खेल १२ गते किर्गिस्तानसँग खेल्नेछ । यस्तै, दोश्रो खेल १४ गते बंगलादेशसँग खेल्नेछ । फाइनल खेल १६ गते हुनेछ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।