‘मलाई लोकप्रिय बन्नु छ चर्चित हैन’ – मोडल रियाशा दाहाल

रामेछाप खबर संवाददाता

काठमाडौं, १० चैत्र ।

पछिल्लाे समय निकै चर्चा कमाएकि माेडल हुन् रियाशा दाहाल । करिब तीन वर्षअघि युट्युबमा रोडिज प्यारोडी आयो । जसको पहिलो भिडिओ नै युट्युब ट्रेन्डिङमा प¥यो । यसका कलाकारको अभिनय धेरैले मन पराए । अहिले पनि त्यसका कतिपय कलाकार युट्युब स्टार, कलाकार तथा मोडलका रूपमा खुव रुचाइएका छन् । जस मध्य एक हुनुहुन्छ रियाशा दाहाल ।

प्यारोडी–कमेडीबाट कला क्षेत्रमा होमिएकी रियाशा अभिनयमा लोभ लाग्दो प्रतिभाको रुपमा उदाएकि छिन्। विशेषगरी उनी युवा वर्गमा निकै लाेकप्रिय बनेकि छिन् ।

पछिल्लो समय रियाशा मोडलिङमा यसरी जम्दै गएकि छिन्, उनका हरेक म्यूजिक भिडियो युट्युब ट्रेन्डिङमा छन् । अभियनयमा जसरी चञ्चले, छिटो छिटो बोल्ने, छुच्ची देखिएपनि वास्तविकतामा केहि फरक रहेको उनेले बताएकि छिन् ।

कलाकार तथा मोडल रियाशा दाहालले आफुलाई छोटो समयमा दर्शकले रुचाएको भन्दै खुशी व्यक्त गरिन् । कोरोनाको कहालीकाबीच पनि दाहाललाई म्युजिक भिडिओबाट फुर्सद छ्रैन । बीबीए पढाइ सकेर बसेकी रियाशा आफु कलाकारिता योजनावद्ध नभई एकाएक प्रवेश गरेको बताएकि छिन् ।

‘मिस एण्ड मिसेस ईन्डिजिनियस-२०२१’ को अडिसन

आदिबासी जनजाति समुदायका अविवाहित तथा विवाहित महिलाहरुको कला, संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको अडिसनमा अभिनेत्री रेजिना उप्रेती, कोरियोग्राफर रोजिन शाक्यसति चिनीमाया गुरुङ, पुजा गुरुङ, आकृति गुरुङ, सुशिला तामाङ, उमा खड्का, चेसाङ तामाङ, एलिशा गुरुङ र रोजिन शाक्य निर्णायकको रुपमा रहेका थिए ।

आदिबासी जनजाति महिलाहरुमा क्षमता भएर पनि सधैं पछि परेका तथा आफूलाई प्रस्तुत गर्न डराईरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाकी प्रबन्ध निर्देशक शान्ता तामाङ लामाले बताएकी छिन् ।

प्रतियोगिताका लागि छनौट हुने प्रतिस्पर्धिहरुलाई २५ दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । अडिसनमा उपस्थित हुन नसकेका प्रतियोगितहरुले आयोजना संस्थाको कार्यालयमा अडिसनका लागि आउन सकिने लामाले जानकारी दिईन् ।प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिनेछन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।