कान चिलाएर हैरान हुनुभएको छ ? अपनाउनुस् यस्ता घरेलु उपाय

रामेछाप खबर संवाददाता


के तपाईँको कान बारम्बार चिलाउँछ ? कान चिलाउनुको विभिन्न कारणहरु हुन सक्छन् । इन्फेक्सनको कारण पनि कान चिलाउने गर्दछ । कतिपय मानिसहरु जे पायो त्यसले कान कोट्याउँछन् जुन विल्कुल गलत हो । इन्फेक्सनको अलवा भित्री कानमा कानेगुजीका छ वा छाला सुख्खा भएको छ भने पनि कान चिलाउने गर्दछ । कान मानिसको संवेदनशील भाग मानिन्छ । यसर्थ कानको सुरक्षा गर्नु अतिआवश्यक छ ।

यसर्थ कान चिलाउने समस्याबाट मुक्त हुनका लागि निम्न घरेलु उपाय अपनाउन सकिन्छ :

घ्युकुमारी
अधिकांश मानिसको घरमा घ्युकुमारीको बोट हुन्छ । यसको प्रयोगले पनि कान चिलाउने समस्याबाट मुक्ति पाउन सकिन्छ । टाउको एकतिर झुकाएर कानमा घ्युकुमारीको रस ३÷४ थोपा राख्ने । घ्युकुमारीको रस बाहिर निस्कन नदिन केहि समयसम्म टाउको नउठाउने । घ्युकुमारीको रसमा भएको एन्टी इन्फ्लेमेट्री गुणले कानको सुख्खापन हटाउन सहयोग पुर्याउँछ ।

तेल
कतिपय तेलको प्रयोगले पनि कान चिलाउने समस्याबाट मुक्त हुन सकिन्छ । शुद्ध नरिवलको तेल, जैतुनको तेल कानमा राख्दा पनि यसले कानको सुख्खापन हटाउन सहयोग गर्दछ ।

लसुन
लसुनको धेरै गुणहरु छन् जुन हामीलाई थाहा भएको पनि हुनसक्छ । लसुनमा एन्टीबायोटिक र पिडामा राहत दिलाउने गुण हुन्छ । तातो जैतुन वा तिलको तेलमा एक केस्रा लसुन काटेर राख्ने । लसुन निकालेपछि उक्त तेल कानको बाहिरी भागमा लगाउँदा यसले आराम दिन्छ ।

ग्याष्टिकका कारण पेट फुल्ने समस्या छ ? घरमै पाइने यी चिजहरूले तुरुन्त राहत दिन्छ, हेर्नुहोस्

ग्याष्टिकका कारण पेट फुल्ने समस्या छ ? घरमै पाइने यी चिजहरूले तुरुन्त राहत दिन्छ, हेर्नुहोस्
ग्याष्टिकको समस्या हुनेको पेट फुल्नु सामान्य हो । धेरै व्यक्तिहरूमा यो समस्या अक्सर हुन्छन्, जसको कारण उनीहरुलाई यो चिन्ताको बिषय बन्दछ । जब हामी खाना खान्छौं, हाम्रो पेटमा एसिडले तिनीहरूलाई एकदमै टुक्रा टुक्रा पार्दछ। पाचनको यस प्रक्रियाको दौरान, पेटबाट ग्यास बाहिर आउँछ जिसके कारण कहिलेकाँहि सुन्निन्छ र पेट दुख्छ। ग्याष्टिक हुनुको केही कारण छ ।

ग्याष्टिक किन हुन्छ ?
आवश्कताभन्दा बढी खाना खानाले पनि ग्याष्टिकको समस्या हुन्छ । खाने र पिउने समयमा पेटमा वायु पस्नाले पनि यो समस्या हुन्छ । धुम्रपान, मसलादार र भुटेको खानाले पनि यो समस्या निम्याउँछ । समयमा नखाँदा वा लामो समयसम्म भोको रहनु पनि एउटा कारण बन्न सक्छ । जससकारण यी कुराहरुमा ख्याल गर्नु महत्त्वपूर्ण छ। केही घरेलु चीजहरूले ती समस्याहरूबाट तुरुन्त राहत दिन्छ। हामी उनीहरूको बारेमा जानौं।

अदुवा : अदुवाले ग्याष्टिक समस्यामा तत्काल राहत दिन्छ। ताजा काँचो अदुवाको सानो एक ट्क्रा एक चम्चा कागतीको रससँग सेवान गर्नुहोस् । अदुवा पेट फुल्ने समस्यामा धेरै प्रभावकारी हुन्छ। अदुवा हालेको चिया पिउनु पनि ग्याँसको समस्याबाट राहत पाउनको लागि एक उत्तम घरेलु उपचार हो।

स्याउको रस पिउनुहोस् : बिहान एक गिलास पानीमा स्याउको रस मिसाएर खाली पेटमा पिउनुहोस्। यसले सम्पूर्ण दिनको लागि पेट फुल्नु वा ग्याष्टिक समस्याबाट राहत दिन्छ। तपाईंले स्याउको रसको सट्टा कागतीको रस पनि पिउन सक्नुहुन्छ।

आहारमा ध्यान दिनुहोस् : यदि तपाईंलाई प्राय जसो ग्यासको समस्या छ भने, तपाईंले आफ्नो खानापिनमा ध्यान दिनुपर्छ। तपाईंको आहारमा अधिक खेतबारीमा फलेका प्रोबायोटिक चिजहरू समावेश गर्नुहोस्। प्रोबायोटिक्सले खराब ब्याक्टेरियाहरूलाई बढ्नबाट रोक्छ। फल, तरकारी, अन्न र दालको मात्रा बढाउनुहोस्। यी चीजहरूले पेट सफा राख्न मद्दत गर्दछ।

धुम्रपान नगर्नुहोस् : धूम्रपान स्वास्थ्यको लागि मात्र हानिकारक छैन, तर यसले अझ धेरै गम्भीर समस्याहरू पनि निम्त्याउँछ। धुम्रपानले पाचन प्रणालीमा समस्या सिर्जना गर्दछ । धुम्रपान गर्नेहरुको पेटमा समस्या हुनछ ।

सौंफको चिया पिउनुहोस् : सौंफ प्रायः घरेलु उपचारमा प्रयोग गरिन्छ। सौंफलाई रातभर भिजाउनुहोस् र बिहानी फिल्टर गरेर यसको पानी पिउनुहोस् । यसले पेट फुल्ने समस्याको समाधान हुनेछ । सौंफ चियाको पिनाउनाले पनि पेट फुल्ने समस्यामा राहन पाउन सकिन्छ ।