शरीरमा मुसा आएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

रामेछाप खबर संवाददाता


धेरैजसोे मानिसहरुको शरीरमा मुसा आउने गर्छ। जसका कारण मानिसहरु हैरान हुने गर्छन्। शरीरमा मुसा भएका कारण नै दैनिक जीवनमा विभिन्न किसिमका समस्याहरु पनि आउने गर्छन्।

मुसाका कारण नै सुन्दरतमा कमी आउने भएकाले मासिहरु बजारबाट विभिन्न मल्हमहरु किनेर लगाउने गर्छन्। तर बजारमा पाइने सबै मल्हमहरुले मुसा नहट्न पनि सुक्छ। मुसा गाढा खैरो रंगको हुने गर्छ। मुसाको समयमै उपचार नगरेमा क्यानसर पनि हुन सक्छ। तसर्थ शरीरमा आएको मुसा हटाउनका लागि यी उापयहरु अपनाउनुहोेस्।

– केरा : केराको बोक्रमा एन्टिअक्सिडेन्ट तत्त्व पाइन्छ, जसले मुसालाई हटाउन मद्धत गर्छ। त्यसैले केराको बोक्रलाई राति सुत्ने समयमा मुसा भएको ठाउँमा लगाउने।

– लसुन : लसुनलाई मुसा भएको ठाउँमा राख्ने र त्यसालई पट्टीले बाध्ने र केही समय यतिकै छोड्ने र त्यसपछि पानीले पखाल्ने। हप्तामा दुई पटकसम्म यो विधि प्रयोग गर्नाले मुसा हट्छ।