सुनको मूल्य घट्यो , तोलाको कती ?

रामेछाप खबर संवाददाता

काठमाडौं, ९ चैत्र ।

साताको दोस्रो दिन सोमबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको छ। यो सँगै सुन प्रतितोला ८७ हजार कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि आइतबार सुन तोलको ८७ हजार दुई सयमा कारोबार भएको थियो।

यस्तै सोमबार चाँदीको मूल्य २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा पुगेको छ। आइतबार चाँदी तोलमा १२ सय ८० रुपैयाँ कायम थियो।

८ महिनामा सवा १६ अर्बको सुन आयात, चाँदी कति ?

काठमाडौं – चालु आर्थिक बर्षको फागुनसम्म नेपालमा २३०० केजी सुन भित्रिएको छ । ट्रकी र युएईबाट सो बराबरको सुन नेपाल भित्रिएको हो ।
भन्सार बिभागको फागुनसम्मको तथ्याङकले यस्तो देखाएको हो । रकमका आधारमा नेपाल यस अवधीमा १६ अर्ब २८ करोड ३४ लाख ४२ हजारको सुन आयात भएको छ ।
यस्तै, समिक्षा अवधीमा २२ हजार ५०० केजी चाँदी आयात भएको छ । रकमका आधारमा २ अर्ब २४ करोड ६४ लाख रुपैयाँको चाँदी आयात भएको छ ।