खोप लगाएको दुई दिनपछि पाकिस्तानका प्रधानमन्त्रीमा कोरोना संक्रमण देखियो

रामेछाप खबर संवाददाता

एजेन्सी, ८ चैत ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खान कोरोनाविरुद्धको खोप लगाएको दुई दिनपछि कोरोना संक्रमित भएका छन् ।यो कुरा प्रधानमन्त्रीका विशेष सहायक डाक्टर फैसल सुल्तानले एक ट्वीटमार्फत पुष्टि गरेका छन् । डाक्टरका अनुसार प्रधानमन्त्री हाल क्वारेटीनमा छन् । डाक्टरहरूले खोप लागू गरेपछि एन्टिबडीहरू बनाउन हप्ता लाग्ने बताएका छन्।

प्रधानमन्त्री इमरानले लिएको खोप चीनको साइनिफॉर्म भ्याक्सिन रहेको बीबीसीमा उल्लेख छ। यसको दोस्रो डोज २१ दिन पछि फेरि लिनुपर्ने जनाइएको छ।

प्रहरीलाई मासिक एक अर्ब बुझाउन भनेको खुलेपछि महाराष्ट्रका गृहमन्त्रीको पद धरापमा

महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले प्रत्येक महिना एक अर्ब उठाउन प्रहरीलाई दबाब दिएको खुलेपछि तरंग पैदा भएको छ । भारतको औद्योगिक शहर मुम्बईको होटल, रेष्टुरेन्ट, बारलगायतका स्थानबाट गरी मासिक एक अर्ब भारतीय रुपैयाँ उठाउने निर्देशन त्यहाँका गृहमन्त्री देशमुखले दिएको खुलेको छ ।

एनले असिसटेन्ट पुलिस इन्सपेक्टर सचिन वेजलाई प्रत्येक महिना बार र रेस्टोरेन्टबाट सय करोड उठाउन भनेका थिए । मुम्बईका पूर्वप्रहरी प्रमुख परमबीर सिंहले महाराष्ट्रका गृहमन्त्री देशमुखमाथि एक अर्ब उठाउन भनेको विषय उल्लेख गरी मुख्यमन्त्री उद्धव ठाकरेलाई पत्र लेखेका छन् । सिंह यही विषयका कारण सरुवा भएको बाहिर आएको छ ।

गृहमन्त्री देशमुखले आफुमाथि कमिशनरले गलत आरोप लगाएको भन्दै परमवीर सिंह माथि मुद्दा दर्ता गरेका छन् । मुकेश अम्वानीको घर एन्टीलामा २५ फेब्रुअरीमा भएको बम आतंकले उक्त विषय उजागर भएको हो । बम आतंकमा मुछिएका इन्सपेक्टर वेज अहिले प्रहरी हिरासतमा छन् । कमिशनर सिंहले वेजलाई भनेको विषयलाई भारतीय सञ्चार माध्यमले उदृत गर्दै लेखेको छ, ‘मुम्बईमा करिब १७५० बार रेस्टोरेन्ट छ । प्रत्येकबाट २ देखि ३ करोड सम्म मासिक उठाएपनि कुल ४० देखि ५० करोड रकम असुलि हुन्छ । त्यसबाहेक अन्यबाट पनि ५० करोड असुलि हुन्छ ।’

गृहमन्त्रीले वेजलाई आफ्नो निजी निवासमा बोलाएर एक अर्ब भारु प्रत्येक महिना बुझाउन भनेको भारतीय सञ्चारमाध्यमले लेखेको छ । निजी निवासबाट फर्के लगतै वेज परमवीर सित भेट्न पुगेका थिए । भेटको क्रममा कमिशनर सिंहलाई पुरा घटनाबारे वेजले जानरकारी गराएको विषयलाई सञ्चारमाध्यमले लेखेको छ ।

एन्टीला अगाडी भएको कार बम आतंकले सिव सेना र एनसिपीले एक अर्कामाथि आरोप प्रत्यारोप लगाइरहेको जनाइएको छ । गृहमन्त्रीको विषयमा थप जान्कारी आउन बाँकी रहेको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले जनाएको छ । प्रख्यात नेताहरुले यदी उक्त विषय सत्य हो भने गृहमन्त्री देशमुखले राजीनामा दिनु पर्ने समेत बताएका छन्