माल्दिभ्समा ब्वाइफ्रेण्डसँग हिना खानको मस्ती

रामेछाप खबर संवाददाता

काठमाडौं।

बिग बोस फेम टिभी अभिनेत्री हिना खान माल्दिभ्समा विदा मनाउन पुगेकी छिन् । सामाजिक संजालमा सक्रिय रहने हिना आफ्ना फ्यानका लागि तस्वीर शेयर गरिरहन्छिन् ।

कसौटी फेम अभिनेत्रीले पछिल्लो समय आफ्ना केही तस्वीर शेयर गरेकी छिन् । फोटोमा हिना समुद्र किनारमा स्विमसुटमा पोज दिइरहेकी देखिएकी छिन् । फोटो शेयर गर्दै हिनाले आफूलाई समुद्र किनारको हावासँग प्रेम भएको लेखेकी छिन् ।

यी तस्वीरलाई केही घण्टामै लाखौं पटक लाइक गरिएको छ । यसअघि हिनाले रंगीबिरंगी पहिरनमा पनि तस्वीर शेयर गरेकी थिइन् । बिग बोस १२ मा देखिएकी हिनाले लामो समय टिभी उद्योगमा काम गरेकी छिन् ।

ये रिश्ता क्या कहलाता है। नागिन, कसौटी जिन्दगी की, फियर फ्याक्टर, साथ निभाना साथिया जस्ता टिभीशोमा काम गरिसकेकी हिना माल्दिभ्समा ब्वाइफ्रेण्ड रकी जैसवालसँग छिन् ।