नेपाल भित्रियो १५ रुपैयाँमै ८० किलोमिटर गुड्ने सक्ने इलेक्ट्रिक स्कूटर ! मूल्य कती ?

रामेछाप खबर संवाददाता

काठमाडौं, ८ चैत्र ।

काठमाडौं । १५ रुपैयाँ बराबरको विद्युत खपत गरेर ८० किलोमिटर गुडन सक्ने इलेक्ट्रिक स्कुटर नेपाल भित्रिएको छ ।

इलेक्ट्रिक स्कुटर कम्पनी ‘ LVNENG ‘ को LVNENG ब्राण्डका ‘ X1 ‘ र ‘ S5 ‘ र जम्बो अण्डका D06 र M20 मोडलका इलेक्ट्रिक स्कुटर नेपाल भित्र्याएकाे नेपालको लागि आधिकारिक वितरक जम्बो ईको भेहिकल त्रिपुरेश्वरले जनाएकाे छ ।

यी स्कुटरमा पावर , पर्फमेन्स , फिचर्स र मूल्य प्रतिस्पर्धी बाण्डको तुलनामा अब्बल रहेका साथै यसमा प्रयोग भएका पाट्सहरु संसारकै उत्कृष्ट कम्पनीका रहेका कारणा ग्राहकले यसमा गुणस्तरको चिन्ता लिनु नपर्ने कम्पनीका संचालक नारायण गौतमले बताएका छन् ।

X1 ‘ मोडलमा २०२० र ‘ S5 ‘ मोडलमा ३००० WATT का BOSCH मोटर जडान गरिएको छ भने जम्बो बाण्डको D067 M20 मा कमश 2000 WATT R 1500 WATT का मोटर जडान गरिएको छ । BOSCH कम्पनीको यो मोटरमा Conversion Efficiency र Long Life Working Capacity , High Slope Ability हुने गौतमको दावी छा यी स्कुटरमा Lithium lon Polymer E7 सेरिजको संसारको सबै भन्दा पछिल्लो Technology को ३ घण्टामा फुल चार्ज गर्न सकिने SAMSUNG व्याट्री जडान गरिएको छ र यी स्कुटरमा Dual Battery Option रहेकोले १६० कि.मि सम्मको यात्रा तय गर्न सकिने कम्पनीले जनाएको छ ।

यसमा वातावरण अनुसार उज्यालो दिने LED HeadLight , Rear and Front Disk Break , IP65 Waterproofing , Bluetooth , Key Less Entry , Search Mode , Sensor Controlled System , Failure Indication System ( स्कुटरको मोटर , बेक र स्पिड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखाउछ ) लगायतका अत्याधुनिक विशेषता छन । कम्पनीले XI स्कुटरको २,६०,००० , S5 को २ , ९९ , ९९९ , D06 को २,३५,००० र M20 को १,८५,००० मूल्य पर्ने र डबल ब्याट्री राख्न चाहेमा थप ६० हजार थप गर्नुपर्ने कम्पनीले जनाएको छ ।

शुरुवाती चरणमा काठमाडौं , हेटौडा , चितवन र बुटवलमा शाखा विस्तार गरेको छ भने छिटै देशै भरी नेटवर्क बिस्तार गर्ने तयारी गरेको कम्पनीले जनाएकाे छ । कम्पनीले After Sales Service का लागि Smart Home Sewa Applcation बाट आफ्ना Customer लाई १ घण्टा भित्र Service दिने कम्पनीकाे दावी छ । जसले इलेक्ट्रिक सवारीको बजारीकरणमा सहयोग पुयाउने कम्पनीले जनाएको छ ।