केपी ओलीलाई बिसौँ वर्षदेखि विदेशीले हुर्काएका हुन् : प्रचण्ड

रामेछाप खबर संवाददाता

काठमाडौं, ८ चैत्र ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बिसौँ वर्षदेखि विदेशीले हुर्काएको बताएका छन् ।

पेरिसडाँडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न केपी ओलीलाई विदेशीले साथ दिएका छन्,” उनले भने, “केपीलाई विदेशीले हुर्काएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त केपी ओलीबाटै हुन्छ भनेर उनैलाई हुर्काइएको छ ।”

सिंगटी हाइड्रो इनर्जीको आइपीओमा पहिलो दिनमै यसरी पर्यो आवेदन

काठमाडौं : सिंगटी हाइड्रो इनर्जीको आइपीओमा शुक्रबार एकैदिन ४२ करोड ३१ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार साँझ ५ बजेसम्म २ लाख ५० हजार ४२५ जनाले ४२ लाख ३१ हजार १७० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २६ लाख ४० हजार कित्तालाई आधार मान्दा १.६० गुणा बढी आवेदन हो ।

सिंगटीले आज शुक्रबार (चैत ६ गते) बाट १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ५८ हजार कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा चैत १० गतेसम्म आवेदन दिन सकिनेछ ।

सिंगटी हाइड्रोको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गरेको । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम रहेको संकेत गर्दछ