हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

रामेछाप खबर संवाददाता

काठमाडौं ।

विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

यदि हामीले शरीरलाई चाहिने आवश्यक क्याल्सियम उपभोग गरिएन भने हड्डी कमजोर भई हड्डीसम्बन्धी विभिन्न रोग लाग्न सक्छ । जसमा उच्च रक्तचाप, स्तन क्यान्सर, मेटाबोलिक सिण्ड्रोम लगायतका रोग रहेका छन् । दूध, दही, हरिया सागसब्जी, फलफूल तथा बदाम, अण्डा लगायतमा क्याल्सियम पाइने गर्छ ।

हाम्रो शरीरलाई दैनिक कति क्याल्सियमको आवश्यक पर्छ भनेर जान्नु आवश्यक छ । वयस्कलाई १ हजार मिलिग्राम दैनिक क्याल्सियम आवश्यक पर्छ भने ५० वर्षभन्दा बढी उमेरका महिला तथा ७० वर्षभन्दा बढी उमेरका पुरुषलाई दैनिक १३ सय मिलिग्राम क्याल्सियम आवश्यक पर्छ । यसका साथै एक वर्षदेखि माथि र नौ वर्षभन्दा मुनीका बच्चालाई ५ सय देखि ८ सय मिलिग्राम क्याल्सियम दैनिक आवश्यक पर्छ ।

अनिद्राको समस्या छ ? कागती हो अचुक उपाय !

तपाईंलाई राति ढिलोसम्म निद्रा आउँदैन र बारम्बार कोल्टे फेरिरहनुहुन्छ भने तपाईंलाई अनिद्राको समस्या छ । दिनभरि काम गरेर पनि राति राम्रो सुत्न नसक्ने मानिसहरू भेटिन्छन् । यसको एउटा कारण स्ट्रेस हो । यहाँ हामी अनिद्राको समस्या हटाएर मीठो निद्रा दिलाउने एउटा विशेष ड्रिंकका बारेमा बताइरहेका छौं । कागतीमा स्लीपिङ हर्मोनलाई सक्रिय बनाउने गुण हुन्छ । त्यसैले राम्रो निद्रा दिलाउन यो सफल छ ।

अफिसको टेन्सन वा घरका समस्याका कारण मानिसहरू स्ट्रेसमा हुन सक्छन् । कागतीले स्ट्रेस कम गराउँछ । चिकित्सकहरू लेमन ड्रिंकको फ्लेवर भएको परेफ्युम र रूम फ्रेशनर सुँघ्ने सल्लाह दिन्छन् । त्यसले स्ट्रेस घटाएर निद्रा दिलाउँछ र केही समयमै असर देखाइहाल्छ ।

कागतीको ड्रिंक बनाउनका लागि चाहिने सामग्री एउटा कागती एक चिम्टी नून

बनाउने विधि
कागतीलाई काट्नुस् । त्यसको रस निचोरेर निकाल्नुस् । एक गिलास पानीमा कागतीको रस राखेर मज्जाले मिलाउनुस् । त्यसमा नून हाल्नुस् र सुत्नुभन्दा आधा घन्टाअघि पिउनुस् । तीन दिन लगातार पिएपछि नै अनिद्राको समस्या निकै समाधान हुन्छ ।