ओलीले बाेलाएका कुनै पनि बैठकमा सहभागी नहुन माधव नेपालले गरे किन यस्तो आग्रह

रामेछाप खबर संवाददाता

काठमाडौं, ७ चैत ।

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दल र केन्द्रीय कमिटी दुवै बैठकमा माधवकुमार नेपाल समूहले सहभागिता नजनाउने निश्चित भएको छ।

बैठक जुनसुकै स्थानमा भए पनि सहभागिता नजनाउने गरी नेता नेपालका तर्फबाट आग्रह गरिएकाे स्रोतले बताएको छ। ओलीले शनिबार बिहान ११ बजे संसदीय दलको बैठक र त्यसपछि केन्द्रीय कमिटी बैठक निर्धारण गरेका छन्।

सर्वोच्च अदालतको आदेशविपरीत आफूहरुलाई ‘बाइपास’ गरी फागुन २८ गते गरेका निर्णय फिर्ता नभएसम्म ओलीले बोलाएका बैठकहरुमा सहभागी नहुन नेपालले निर्देशन हुन्। स्रोतका अनुसार नेता नेपालले एकतर्फी निर्णय नसच्चिएसम्म शनिबार ओलीले बोलाएका बैठकहरुमा सहभागी नहुन आफू पक्षीय सांसद र केन्द्रीय सदस्यलाई शुक्रबार नै निर्देशन दिएका थिए।

एमाले केन्द्रीय कमिटी बैठक आज : महाधिवेशन आयोजक कमिटी बनाउने

काठमाडौं : एमालेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी बनाउने भएको छ। शनिबार बिहान ११ बजे बस्ने १२ औँ केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटी बनाउने एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए। एमालेको दशौँ महाधिवेशन आगामी २०७८ मङ्सिर २ देखि ६ गते तोकिएको छ।

केन्द्रीय कमिटी बैठक अगाडि नेकपा एमालेको संसदीय दल बैठक पनि बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १०:३० बजे संसदीय दल र बिहान ११ बजे १२ औँ केन्द्रीय कमिटी बैठक बस्ने एमालेका कार्यालय सचिव रिजालले बताए।

एमाले संसदीय दल र केन्द्रीय कमिटीको बैठक आज बस्दै, माधव समूह नजाने
संसदीय दलको बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ। यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो। -रासस