ओलीलाई हटाउन ढिलो नगरौँ भन्दै बाबुरामले भने- अगाडिको बाघलाई पहिले लघारौँ पछाडिका स्यालहरूसँग लड्दै गरौँला

रामेछाप खबर संवाददाता

काठमाडौं, ७ चैत ।

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल हटाउनुपर्ने बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र देशका लागि ओली घातक रहेको भन्दै भट्टराईले तत्काल हटाउनुपर्ने बताएका हुन् । ओलीलाई प्रधानमन्त्री पदबाट हटाएपछि मात्रै अरु कुराको समाधान निस्कने पनि उनको भनाई छ ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले ओलीलाई पदबाट हटाउने विषयमा गल्ती र ढिलाई गर्न नहुने पनि बताए ।

‘ऐलेको यक्ष प्रश्न को सँग सत्ता समीकरण गर्ने वा को बाट तत्काल बढी लाभ लिने भन्ने हुँदै होइन । अपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्ग प्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो’ भट्टराईले ट्वीटरमा लेखेका छन् ‘अगाडि आएको बाघलाई पहिले लघारौ । पछाडिका स्यालहरूसँग लड्दै गरौंला । कुनै गल्ती नगरौं ।’

एमाले संसदीय दल र केन्द्रीय कमिटीको बैठक बस्दै, नेपाल-खनाल पक्ष सहभागी नहुने

नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । संसदीय दलको बैठक विहान साढे १० बजे र केन्द्रीय कमिटीको बैठक मध्याह्न १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बालुवाटारमा बोलाइएको दुवैं बैठकमा बरिष्ठ नेता झलनाथ खनाल र माधब कुमार नेपाल पक्ष भने सहभागी नहुने भएको छ।

यस अघि बोलाइएको संसदीय दलको बैठकमा पनि नेपाल खनाल पक्षा सहभागी भएको थिएन । बैठक बालुवाटारमा बोलाइएको र फागुन २८ को निर्णय फिर्ता नगरिएको भन्दै नेपाल – खनाल पक्षले बैठक बहिस्कार गरेको हो ।

Kumari Bank 300×290 newGlobal IME Bank newNepal Life Insurance
बैठकले संसदीय दलको विधान संशोधन गर्ने तयारी छ । दलको विधान २०७२ कै छ, जसमा भएका कतिपय व्यवस्था नयाँ संविधानअनुसार मिलाउनुपर्ने भएकाले दलको विधान संशोधन गरिने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । संशोधित विधान दलको केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने बताइएको छ ।