साढे एघार केजी सुन भएका हरिले ५ केजी देखाएर दर्ता गरे उम्मेदवारी

रामेछाप खबर संवाददाता

काठमाडौँ ।

भारतको तमिलनाडुमा हुन गइरहेको विधान सभा चुनावका लागि एक जनाले ५ किलोग्राम सुनको गहना लगाएर उम्मेदवारी दर्ता गराएका छन् ।
तमिलनाडुका हरि नादर विधान सभा चुनावमा उम्मेदवारी दर्ता गर्न ५ किलोग्राम सुनका गहना लगाएर पुगेका हुन् । हरि विधान सभा चुनावमा स्वतन्त्र उम्मेदवार हुन्। उनी नामाङ्कन भर्न पूर्ण रूपमा सुनले ओढिएर पुगेका थिए।

स्वतन्त्र उम्मेदवार हरि नादरले तिरुनेलवेली जिल्लाको अलांगुलम विधान सभा क्षेत्रबाट चुनावका लागि उम्मेदवारी दर्ता गरेका छन्। करिब पाँच करोड मूल्य पर्ने सुन लगाएका उनले नामाङ्कन पत्र दाखिल गर्दै आफूसँग ११.२ किलोग्राम सुन रहेको घोषणा गरे । योसँगै उनका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

ब्रिटिश एयरवेजले मुख्यालय भवन बेच्दै

काठमाडाैं- ब्रिटिश एयरवेजले मुख्यालय भवन बेच्ने भएको छ। कोरोना महामारीको बेला घरैबाट काम भएकोले कार्यलय बेच्न लागिएको हो। भवन ब्रिकीबाट एयरवेजले कोरोना महामारीको क्रममा व्यहोरेको घाटा परिपूर्ति गर्ने जनाइएको छ। सन् १९९८ मा २०० मिलियन पाउन्ड लागतमा याे भवन निर्माण गरिएको थियो।

‘धेरैले घरबाट काम गर्न मन पराउँछन् र भविष्यमा घरबाटै पनि काम गर्न लगाउनेबारे सोच्न सकिन्छ। यसका साथै हामीले व्यवसायलाई संकटबाट बाहिर ल्याउन पनि खोजिरहेका छौं,’ एयरवेजले एक विज्ञप्तिमा भनेको छ।

महामारीको बेला एयरवेजले गत वर्ष १० हजारभन्दा बढी कर्मचारी निकालेको थियो। बाँकी रहेका कर्मचारीमध्ये धेरै जसो घरैबाट काम गरेका थिए। पाइलट, केबिन चालक दल, इञ्जिनियर र एयरपोर्टका कर्मचारीहरू भने कार्यलयमै उपस्थित भएका थिए।