राती निद्रा नलागेर हैरान हुनुहुन्छ ! यो ट्रिक अपनाउने कि ?

रामेछाप खबर संवाददाता


काठमाडौं– हरेक वर्ष मार्च महिनाको तेस्रो शुक्रवार अर्थात आजैको दिनलाई वर्ल्ड स्लीप डेको रुपमा मनाइन्छ । यो दिन मनाउनुको मुख्य उद्देश्य भनेको मानिसलाई निद्रा र स्वास्थप्रति जागरुक गराउनु हो । केही मानिस त्यस्ता हुन्छन्, जसलाई ओछ्यानमा पुग्नासाथ निद्रा लाग्छ भने कोही मानिस सुत्न नसकेर रातभर यताउता फर्केर रात बिताउँछन् । यदि तपाईंलाई पनि ओछ्यानमा गएपछि घण्टौंसम्म निद्रा लाग्दैन भने निद्राको मिलिट्री ट्रिक तपाईंका लागि फाइदाजनक हुन सक्छ ।

के हे मिलिट्री ट्रिक ?
छिट्टो निद्रा लागोस् भन्नाका लागि सेनाहरुमा एउटा विषेश सेक्रेटको प्रयोग गरिन्छ, जसले दुई मिनेटमै निद्रा लाग्छ । यो ट्रिक अमेरिकाका आर्मीहरुले प्रयोग गर्छन् । युद्धको क्रममा सैनिकहरु सुत्ने कोशिश गर्दा यो ट्रिक धेरै काम लाग्छ ।

रिल्याक्स एण्ड विन

च्याम्पियन परफमेन्स नामक पुस्तकमा उक्र सेक्रेटको बारेमा जानकारी दिइएको छ । त्यसो त उक्त पुस्तक सन् १९८१ मा प्रकाशित भएको थियो, तर जोए।सीओ।यूके वेबसाइटमा छापिएपछि संसारभरी यो ट्रिक लोकप्रिय भएको हो । थकानका कारण सैनिकबाट कुनै गल्ति नहोस् भन्नाका लागि आर्मी चीफले यो उपाय बनाएका थिए ।

जुन उपायलाई अपनाएर सैनिकहरु पर्याप्त सुत्न सकुन् भन्ने उद्देश्य आर्मी चीफको रहेको थियो । जसका लागि यो ट्रिकको प्रयोग गर्न थालियो ।

के हो ट्रिक ?
यसका लागि आफ्नो अनुहारको सबै मांसपेशिलाई रिल्याक्स गराउनु पर्छ । जिब्रो,आँखा र गिजा वरिपरिको मांसपेशिको तनाव कम गर्नु पर्छ । आफ्नो काँधलाई जति सक्दो तल ल्याउनु पर्छ । माथि र तलको आर्म पनि तल लैजानु पर्छ । सास फाल्ने, छाति र खुट्टालाई तनावमुक्त गर्नु पर्छ ।

त्यसपछि १० सेकेन्डमा आफ्नो दिमागबाट सम्पूर्ण कुरा निकाल्ने कोशिश गर्नु पर्छ । तपाईं कुनै शान्त समुद्रको किनारमा सुत्नु भएको छ र माथि नीलो आकाश छ भन्ने सोच्नु पर्छ । अर्को कुरा तपाईं अध्यारो कोठामा भेलवेटको पिङमा बिस्तारै मच्चिरहनु भएको छ भन्ने सोच्नु पर्छ । अरु केही पनि कुरा सोच्नु हुन्न, सोच्नु हुन्न, सोच्नु हुन्न भन्ने १० सेकेन्डसम्म दोहोराइ रहनु पर्छ ।

एउटा रिपोर्टका अनुसार ६ हप्तासम्म अभ्यास गर्नाले ककरिव ९६ प्रतिशत मानिसका लागि उक्त ट्रिक प्रभावकारी प्रमाणित भयो । आर्मी मात्र नभएर निद्रा नलाग्ने समस्याले प्रायस् मानिसको कार्य क्षमतामा नराम्रो असर पर्छ । निद्रा नलाग्ने समस्याका कारण टाइप –२ डाइबिटीज, मुटुसम्बन्धि समस्या र ध्यान केन्द्रित गर्ने क्षमता प्रभावित हुन थाल्छ । निद्रा नलाग्ने समस्याबाट पिडित मानिसका लागि यो ट्रिक अति नै राहतयुक्त हुन्छ ।

स्लिप एक्सपर्ट डाक्टर नील स्टेनलेका अनुसार यदि यो ट्रिकले काम गरेन भने एउटा मात्र मन्त्र के छ भने मजाले सुत्नु छ भने दिमागलाई आराम र खाली बनाउनु अति आवश्यक छ । निद्रा ल्याउनका लागि तपाईंले तीन वटा कुराहरु गर्नु आवश्यक छ । सुत्ने कोठा र ओछ्यान आरामदायक हुुनु पर्छ, शरीर तनावमुक्त हुनु पर्छ भने दिमाग शान्त । यदि तपाईंको दिमागमा धेरै कुरा खेलिरहेको छ भने कुनै पनि स्थितिमा निद्रा लाग्न सक्दैन ।

दिमागको रफ्तारलाई कम गर्न तपाईंले गरेका गतिविधिले तपाईंलाई निद्रा लाग्न सक्छ । निद्रा ल्याउनका लागि कुनै एउटा जादुई तरिका छैन । तपाईंलाई कसरी निद्रा लाग्छ, त्यो तरिका तपाईं आफैले खोज्नु पर्छ । तर सुत्नु अगाडि तनाव अथवा उल्झन बढाउने किसिमको कुनै पनि काम गर्नु हुँदैन ।