कुकुरसँग खेल्ने बानी छ, यस्तो होला नि हालत

रामेछाप खबर संवाददाता

काठमाडौं

तपाईंले कुकुर पाल्नुभएको छ भने कहिलेकाहीँ उसले माया गरेर तपाईंलाई चाटिदिन्छ । तर कुकुरको ठूलो, भिजेको र च्यापच्यापे जिभ्रोले तपाईंलाई हानि गर्न सक्छ भन्ने थाहा छ ? कुकुरको मुख सफा हुँदैन । उसले फोहोरमा मुख गाडेको हुन सक्छ अनि कहिलेकाहीँ दिसा पनि खाइदिन्छ ।

त्यति मात्र नभई कुकुरले आफ्नो आची छोप्नका लागि कुनाकाप्चा खोज्छ । उसको नाकमा बेस्सरी ब्याक्टेरिया र अन्य कीरा हुन सक्छन् । त्यसैले कुकुरको मुख हानिकारक हुन्छ । कुकुरले मानिसलाई चुम्बन गर्दा लहरे संक्रमण हुन सक्छ ।

स्टाफाइलोकोकस औरियस नामक अर्को खतरनाक संक्रमण भयो भने त झन् तपाईंको अनुहार हेर्नै नसकिने गरी भयानक हुन्छ । त्यो संक्रमण भएको हात हेर्नुस् त तलको तस्वीरमा । त्यसैले कुकुरलाई कहिल्यै पनि चुम्मा लिन वा चाट्न नदिनुस् ।

कब्जियतबाट आराम पाउन अपनाउनुहोस् यी ५ सरल

कब्जियत भनेको मल त्याग्दा आउने समस्या हो । यो आम समस्या हो र जुन उमेरका मान्छेलाई यसले सताउन सक्छ । लामो समयसम्म तपाईंलाई यो समस्या छ र यसको कुनै उपचार गर्नुभएको छैन भने यो गम्भीर रोगमा परिणत हुन्छ । यहाँ हामीले घरैमा बनाउन मिल्ने केही जुसहरूका बारेमा उल्लेख गर्नेछौं । यी जुसले तपाईंलाई कब्जियतको समस्याबाट सजिलै छुटकारा दिलाउँछन् ।

१ सुक्खा जामुन
६ वटा सुक्खा जामुन, आधा चम्चा मह, आधा चम्चा जीराको धूलो र एक कप तातो पानी जम्मा गर्नुस् ।
पाँच मिनेटसम्म सुक्खा जामुनलाई तातो पानीमा भिजाउनुस् । त्यसपछि त्यसको बिउ निकाल्नुस् र ब्लेन्डरमा राखेर मजाले पिस्नुस् । त्यसपछि त्यसमा मह र जीराको धूलो हाल्नुस् । अनि फेरि एकचोटि ब्लेन्डर चलाउनुस् । तपाईंको जुस तयार भयो ।

२ नासपाती
दुईवटा नासपाती, दुई चम्चा कागतीको रस, एक चिम्टी बीरेनून जम्मा पार्नुस् ।
नासपातीका सानासाना टुक्रा पार्नुस् र ब्लेन्डरमा पिस्नुस् । पिसेपछि एउटा गिलासमा रस निकाल्नुस् । त्यसपछि गिलासमा कागतीको रस र बीरेनून हाल्नुस् । तपाईंको नासपाती जुस तयार भयो ।

३ स्याउ
एउटा स्याउ, आधी चम्चा सूपको धूलो, आधी कप पानी लिनुस् ।
सबभन्दा पहिला स्याउ काट्नुस् र ब्लेन्डरमा पिस्नुस् । त्यसपछि यसमा पानी हालेर फेरि एकचोटि ब्लेन्डरमा हाल्नुस् । जुसलाई एउटा गिलासमा निकालेर त्यसमा सूपको धूलो हाल्नुस् र राम्ररी घोल्नुस् । तपाईंको जुस तयार भयो ।

४ सुन्तला
एक कप सुन्तला र एक चिम्टी बीरेनून ल्याउनुस् । ब्लेन्डरमा सुन्तला हालेर त्यसको रस निकाल्नुस् । त्यसपछि गिलासमा सुन्तलाको रस हाल्नुस् र बीरेनून मिसाउनुस् । सुन्तलाको जुस तयार भयो ।

५ कागती
आधा कागती, एक कप तातो पानी, एक चम्चा मह, आधी चम्चा जीराको धूलो ।
एक गिलास तातो पानीमा कागतीको रस, मह र जीराको धूलो हालेर मज्जाले घोल्नुस् । कागतीको जुस तयार भयो ।
यी जुसहरूले तपाईंको कब्जियत भगाइदिन्छन् ।