अहिले हतारमा हाम्रो पार्टीले प्रधानमन्त्री ओलीविरूद्व अविश्वासको प्रस्ताव दर्ता गर्दैन् : चिनकाजी श्रेष्ठ (विशेष-अन्तर्वार्ता)

रामेछाप खबर संवाददाता

काठमाडौं, ६ चैत ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सभासद् चिनकाजी श्रेष्ठले सरकारमा जाने कुरामा आफ्नो पार्टीले हतारमा निर्णय नगर्ने स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् । उनले भनेका छन्–‘केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने भन्दापनि तपाईँको बहुमतको सरकार छ, किनभने नेकपा (माओवादी केन्द्र) को समर्थन अहिलेसम्म छ । अझैपनि उहाँहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिनुभएको छैन् । जुन बेलामा केपी ओलीलाईँ उहाँहरूले सर्मथन गरेर प्रधानमन्त्री बनाउनुभएको थियो, त्यही अवस्था अहिले छ । बहुमतको सरकार हुँदाहँुदै अहिले हामीले एकदम हतार गरेर बढो पदको एकदम आकांक्षा राखेर त्यो दौडिहाल्नुपर्ने अवस्था छैन् ।’ प्रस्तुत छ नेता श्रेष्ठसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईँको पार्टी अहिले कता छ ?
खोई, काँग्रेस कता छ तपाईँलाई थाहा होला ।

नेपाली काँग्रेसको भूमिका देखिएन नि ?
नेपाली काँग्रेसले अब हतारमा निर्णय गर्नुपर्ने जरुरी छ र त्यस्तो ?

काँग्रेसले केही निर्णय गर्न सकेन ? केपी शर्मा ओलीको सरकार ढाल्ने कि राख्ने त ? यहाँको विचार के हो ?

केपी शर्मा ओलीको सरकार ढाल्ने भन्दापनि तपाईँको बहुमतको सरकार छ । किनभने नेकपा माओबादी केन्द्रको समर्थन अहिलेसम्म छ । उहाँहरुले यो फिर्ता लिनुभएको छैन । जुन बेलामा केपी ओलीलाईँ उहाँहरुले सर्मथन गरेर प्रधानमन्त्री बनाउनुभएको थियो, त्यही अवस्था अहिले छ । बहुमतको सरकार हुँदाहँुदै अहिले हामीले एकदम हतार गरेर बढो पदको एकदम आकाँक्षा राखेर त्यो दौडिहाल्नुपर्ने अवस्था छैन ।

त्यसो भए शेरबहादुर देउवा केपी ओलीको सरकार ढाल्न चाहानु हुन्न हो ?

नचाहाने भन्ने होइन, हामी त ढाल्ने पक्षमा छौँ । केपी ओलीको सरकारले राम्रो गरेको छ भन्ने हाम्रो दृष्टिकोण होईन । हामी त केपी ओलीको सम्पुर्ण कामकारबाहीको बारेमा बिरोध जनाएका छौँ । असंवैधानिक कदमका विरूद्व हामीले विभिन्न खालका कार्यक्रम राख्यौँ । आखिर उहाँले चालेका कदम असंवैधानिक भन्ने ठहर अदालतले ग¥यो । त्यसकारण केपी शर्माको हरेक कदम, हरेक क्रियाकलाप गैर–लोकतान्त्रिक र गैर–संवैधानिक भएको हुनाले उहाँलाई सत्तामा राखिरहने भन्ने सोच हाम्रो होईन ।

तर पनि पार्टी सभापति देउवाले त काँग्रेसले सरकारको नेतृत्व गर्दैन् र म प्रधानमन्त्री बन्दिनँ भनेर भनिसक्नुभएको छ नि त ?

उहाँले म प्रधानमन्त्री बन्दिनँ नै त भन्नुभएको होईन । प्रधानमन्त्रीको लागि म आँतुर छैन भन्नुभएको हो । राष्ट्रिय जनता पार्टी, नेपालपनि केपी शर्मा ओलीको पक्षमा दौडधुप गरिरहेको छ । माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिएको छैन । अनि हामीले चाहीँ हतारमा हाम्रो पक्षमा बहुमत हुने सम्भावना देखिँदैन् । यस्तो अवस्थामा हामीले काम गर्दाखेरी सफल हुनेगरी काम गर्नुपर्यो नि त ।

त्यसो भए केपी शर्मा ओलीको नेतृत्वले चुनाव गराईदेओस भन्ने काँग्रेसको चाहना हो ?

त्यो होईन, केपी ओलीले चुनाव गराउँछन भन्ने नि छैन । दुई वर्ष बाँकी छन । चुनाव त नेपाली काँग्रेसको नेतृत्वमा हुने देखिन्छ । होलाजस्तो मैले अनुभव गरेको छु ।

त्यसो भए काँग्रेसको नेतृत्वामा सरकार बन्छ त ?

अन्ततः यो चुनाव निश्पक्ष ढङगबाट गर्नको निम्ति एउटा सबैले विश्वास गरेको लोकतान्त्रिक शक्ति हो । अहिलेसम्म नेपाली काँग्रेसले निर्वाचन गराउनकोलागि सरकारको नेतृत्व गरिराखेको छ । त्यसकारण चसनाव नेपाली काँग्रेसकै नेतृत्वमा गराउदा राम्रो होला भन्ने सबै पार्टीको विस्वास छ भन्ने मलाई लाग्छ ।

काँग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ ? यसमा पार्टीभित्र असमझदारी छैन ?

केपी ओलीले चुनाव गराउँदापनि राम्रो होला भन्ने अरु पार्टीको दृष्टिकोण छ । त्यसले गर्दा पार्टी सभापति स्वयम सभापति हुनुहुन्छ भन्ने कुरा हिजोको दिनमा हाम्रो वरिष्ठ नेता रामचन्द्र पौडेलहरुले प्रस्ताव नै गरिसक्नुभयो त । संसदीय दलको नेता उहाँ आफै हुनुहुन्छ । जबसम्म दलको नेता उहाँ हुनुहुन्छ तबसम्म दलको नेताको नै दाबी हुन्छ । उहाँले चाहनुभएन भने अरु हुने कुरा त छँदैछ ।

त्यसो भए नेपाली काँग्रेस सरकारमा जान तत्काल आँतुर छैन ?

होईन, सरकारमा जानको लागि त परिस्थिति बन्नुपर्यो नि त । परिस्थिति अहिले बनिसकेको अवस्था छैन ।

काँग्रेसले अविश्वासको प्रस्ताव दर्ता गर्छ कि गर्दैन् ? काग्रेस महामन्त्री शशांक कोईरालाले त अबको दश दिनभित्र दर्ता हुन्छ भन्नु भएको छ ?

खोई, हाम्रो महामन्त्रीजीले के आधारमा भन्नुभयो ? मलाई त्यस्तो सहमति भएको थाहा छैन । किनभने एमालेभित्र पनि ध्रुविकरणको अवस्था सिर्जना भएको देखिन्छ । हिजो माधवकुमार नेपालजीहरुले राष्ट्रिय भेला गरेको छ । उता संसदीय दलको बैठक बोलाएर केपी ओली प्रक्रिया अगाडि बढ्नुभएको छ । एक–अर्कालाई कारबाही गर्ने भन्ने कुरा भैराखेको छ । एमाले पार्टीको आफनै पोजिसन के हो भन्ने कुरा के हो भन्नेबारेमा पनि थाहा छैन । माओवादी केन्द्रले पनि सकेसम्म मिलेर जाने भन्ने कुरा गरिराख्नु भएको छ । अन्ततः हामी कम्युनिष्ट एक हुन्छौ भनेजस्तो कुरा आईरहेको बेलामा माओवादी केन्द्रले विश्वासको मत पनि फिर्ता नलिएको अवस्थामा हामी अहिले कन्फ्युजनमा छौंँ ।

अब तपार्इँ के गर्नुहुन्छ ? ठ्याक्कै भन्नुहोस् त ?

नेपाली काँग्रेस आँफैले अविश्वासको प्रस्ताव दर्ता गर्दैन् । हामीले अविस्वसको प्रस्ताव दर्ता गर्दाखेरि हामीले हतार गर्नु राम्रो हुन्न । बाध्यतावस नेपाली काँग्रेसले नेतृत्व लिनुपर्ने भयो र अविस्वासको प्रस्ताव कुनै अरु पार्टीले दर्ता गरेन भने त्यतिबेला वर्तवान सरकारको विरोधमा त्यस्तो प्रस्ताव आयो भने त्यसबेला हामीले सोच्ने बेला त हो । अहिले हतारमा हाम्रो पार्टीले अविश्वासको प्रस्ताव दर्ता गर्दैन् ।