पोखरामा घर अगाडि पार्किङ गरी राखिएको गाडी गायब पछि …………

रामेछाप खबर संवाददाता

पोखरा ,६ चैत।

पोखरा महानगरपालिका वडा नं. ७ मासबारका शालिकराम पन्तले घर अगाडि पार्किङ गरी राखेका गाडी हराएको छ , पन्तले राति ९ बजेतिर पार्किङ गरेर घरभित्र पसेका थिए ।

मूलघर पर्वत भएका उनको बा ५ च १६८४ नम्बरको मारुती गाडी गएराति चोरी भएको हो । पन्त मासबारमा पसल सञ्चालन गर्दै आएका छन् । उहाँले आफूले लक पनि गरेको भन्दै चाबी पनि अहिले आफूसँगै रहेको बताउनुभयो ।

उहाँले बिहानै गाडी हराएपछि प्रहरीलाई घटनाबारे जानकारी गराउनु भएको छ भने जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान र खोजी कार्य सुरु गरिसकेको जनाएको छ । हराएको उक्त सवारी खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

भरतपुर मालपोत कार्यालयका तत्कालिन लेखा अधिकृत पूर्पक्षका लागि कारागार चलान

एक करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दमाईलाई चितवन जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आज (शुक्रबार) दमाईलाई पूर्पक्षका लागि भरतपुर कारागार पठाउन आदेश दिएको अदालतका शाखा अधिकृत नवराज सिंखडाले नारायणी अनलाइनलाई जानकारी दिए । दमाईलाई आजै जिल्ला प्रहरी कार्यालयबाट भरतपुर कारागार पठाइएको प्रहरी उपरीक्षक सूर्य थापाले जानकारी दिए ।
सम्बन्धित समाचार…

सरकारी वकिल कार्यालयले ७ वर्ष कैद मागदावी गर्दै चितवन जिल्ला अदालतमा विहीबार मुद्धा दायर गरेको थियो । दमाईले सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व कीर्ते छाप तथा दस्तखत र नक्कली बिल भरपाई गरी एक करोड १७ लाख २४ हजार ५३८ रुपैयाँ हिनामिना गरेको आरोप छ ।