तपाइँमा ओठ फुट्ने समस्या छ भने यी उपाय अपनाउनुस्

रामेछाप खबर संवाददाता


जाडो समयमा धेरैलाई ओठ फुट्ने समस्याले पिरोलिरहेको हुन्छ । तर केही मात्रामा मात्र सावधानी र घरेलु विधि उपनाउ सकियो भने मात्र पनि ओठ फुट्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

के छन् उपाय ?
ओठमा जिब्रो लगाउने बानी, ओठ चुस्ने वा चाट्ने बानी छ भने तत्काल हटाउनुस् । साथै ओठमा मह दल्नु भयो भने पनि ओठ फुट्दैन । त्यसैगरी घ्यु र नरिवलको तेल लगाउँदा पनि ओठ फुट्नवाट बच्न सकिन्छ ।

पानी धेरै पिउनुभयो भने पनि यो समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ । जाडो मौसममा सुन्तला, बदाम सेवन गर्दा पनि ओठ फुट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । बाहिरी वातावरणमा जानु पर्दा लिप जेल, लिप गार्ड वा लिपस्टिक लगाउँदा पनि ओठ फुट्ने समस्याबाट बच्न सकिन्छ ।

कहिले काँही रोगका कारण पनि ओठ फुट्न सक्छ । चिकित्सकका अनुसार जाडो मौसममा थाइराइड, इन्डोक्राइन जस्ता ग्रन्थीमा समेत रगतको मात्र कम भएर त्यसको परिणामस्वरूप ओठ फुट्न सक्छ ।

अल्सरदेखि कोलेस्ट्रोल नियन्त्रण, गाजरका औषधीय गुणबारे जानकारी

काठमाडौं — जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खाँदा वा त्यसको जुस पिउँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ । औषधीय गुणहरूले भरिएको गाजरले जाडोमा फाइदा पनि गर्छ । दिनदिनै गाजर खानुका यस्ता फाइदा हुन्छन् : गाजर र पालुंगोको रसमा भुटिएको जीरा र वीरेनून मिसाएर पिउँदा शरीरको कमजोरी हट्छ । जाडोमा दिनदिनै गाजर वा त्यसको जुस सेवन गर्दा शरीर तातो रहन्छ । गाजरको रसमा मरिच मिसाएर पिउँदा रुघाखोकी र कफको समस्या कम हुन्छ ।

दिनदिनै गाजर पिउँदा ग्यास, अल्सर, अपच र पेट गडबडी जस्ता समस्या हराउँछन् । त्यसको रसमा कागती र पालुंगोको रस मिसाएर पिउँदा कब्जियतको समस्या हटाउँछ । क्याल्सियम, प्याक्टिन फाइबर, भिटामिन ए बी र सीका गुणहरू हुन्छन् । यसको सेवनले कोलेस्ट्रोल स्तर नियन्त्रण गरेर मुटुरोगको खतरा कम गर्छ । इम्युन सिस्टमलाई ठीक राख्नका लागि दिनदिनै गाजरको रसमा मह हालेर पिउनुस् । पाचनतन्त्र ठीक राख्नुका साथै पेटका समस्या पनि हटाउँछ ।

एक सय पचास ग्राम गाजर, तीन लसुन र ल्वाङको अचार बनाएर दिनदिनै बिहान खाँदा पुरानो रुघाखोकी समेत निको हुन्छ । गाजरको रसमा अमलाको रस र वीरेनून मिसाएर पिउँदा पिसाबको संक्रमण र पिसाब पोल्ने समस्याबाट मुक्ति पाइन्छ । चुकन्दर, पालुंगो र गाजरलाई कोरेर दूधमा मिसाएर मज्जाले उमाल्नुस् र दिनदिनै पिउनुस् । शरीरमा रगतको कमी हुन पाउँदैन । दिनदिनै दुईवटा काँचो गाजर खाँदा दिमाग तीखो हुनुका साथै आईक्यु स्तर पनि बढ्छ । चश्मा लगाउनुहुन्छ भने दिनदिनै गाजर र पालुंगोको रस एक गिलास पिउनुस् । आँखाको तेज बढ्छ ।