मोजाविना नै जुत्ता लगाउने बानी छ ? अनेकौं समस्या हुन सक्छ

रामेछाप खबर संवाददाता


फेशन भन्ने कुरा प्रायः बदलिरहेको हुन्छ । आजकल मोजाविना नै जुत्ता लगाउने फेशन चलेको छ । यसरी जुत्ता लगाउँदा आकर्षक त देखिएला तर यसले छालासम्बन्धी अनेकौं समस्या निम्त्याउँछ ।

वैज्ञानिकहरूका अनुसार, मोजाविना जुत्ता लगाउँदा फंगल इन्फेक्सन हुन सक्छ । दिनभरिमा हाम्रो गोडाबाट अत्यधिक पसिना निस्कन्छ र मोजाले त्यो पसिना सोस्छ । तर मोजा लगाउनुभएन भने जुत्ताभित्र आर्द्रता आउँछ र त्यसमा धूलो टाँसिन आउँदा ब्याक्टेरिया जन्मिन्छ ।

यसले एथलिट फूट जस्तो समस्या निम्त्याउँछ । छालाको जुत्ता लगाउँदा हावा छिर्न पाउँदैन र धूलो, पसिना अनि फोहर जम्मा हुन्छ जसले गर्दा गोडालाई नोक्सानी पुग्छ । मोजा नलगाउँदा घाउ पनि हुन्छ जसले गर्दा हिँडडुल गर्न समस्या हुन्छ ।

अमृततुल्य हो मेवा, जान्नुहोस् ५ फाइदा

मेवा र कागती दुवै स्वास्थ्यका लागि धेरै लाभदायक हुन्छन् । पेटका लागि मेवा वरदान हो किनकि यसमा भिटामिन ए, बी, सी र फाइबर भरपूर हुन्छ । कागती खाँदा पेट, आँखा र छालाको समस्या हुँदैन ।

यसका अतिरिक्त यसमा फस्फोरस, पोटेसियम, आइरन, एन्टीअक्सिडेन्ट्स, कार्बोहाइड्रेट, प्रोटीन र सोडियम जस्ता खनिज पदार्थ छन् । यी सबै स्वास्थ्यका लागि राम्रो हुन्छन् ।
आँखा
मेवामा भरपूर मात्रामा क्याल्सियम, केरोटाइन र भिटामिन हुन्छन् र यी आँखाका लागि लाभदायक हुन्छन् । यिनीहरूको सेवनले रतन्धो हुनबाट रोक्छ । बच्चाहरूलाई मेवा खुवाउनुभयो भने सानैमा चश्मा लगाउनुपर्ने स्थिति आउँदैन ।

तौल घटाउन
बिहान खाली पेट मेवा र कागती पिउँदा घरीघरी भोक लाग्दैन । यसमा टन्न पेक्टिन फाइबर हुन्छ र यसले आन्द्रालाई राम्रो काम गर्ने अवसर दिन्छ । तौल घटाउन पनि यसले मद्दत गर्छ ।

कब्जियत
मेवालाई काटेर त्यसमा मरिच, बीरेनून र कागतीको रस हाल्नुभयो भने खानेकुरा सजिलै पच्छ । अनि यसले कब्जियत पनि हटाउँछ । छेर लाग्ने र मूत्रसमस्या पनि यसले निको पार्छ ।

क्यान्सर
मेवाले कलेजो बलियो बनाउँछ भने कागतीले विषाक्त पदार्थलाई शरीरबाहिर निकाल्छ । दिनदिनै दुई चम्चा मेवाको रसमा आधा चम्चा कागतीको रस मिसाएर पिउँदा लिभर सिरोसिस हुन पाउँदैन । अनि प्रोस्टेट क्यान्सर र ब्लड क्यान्सर पनि यसले रोक्छ ।

मुटु र रक्तचाप
मेवा र कागतीमा प्रचूर फाइबर, भिटामिन सी र एन्टीअक्सिडेन्ट पाइन्छन् । यिनले कोलेस्ट्रोलाई नियन्त्रणमा राख्छन् र मुटुसम्बन्धी समस्या हटाउँछन् । रक्तचाप पनि नियन्त्रणमा राख्छन् ।

एजेन्सी