के तपाईको टाउको दुखिराख्छ?टाउको दुखिरहनु पनि हुनसक्छ गम्भीर रोगको संकेत

रामेछाप खबर संवाददाता


काठमाडौं– टाउको दुख्नु एउटा सामान्य समस्या हो, जसबाट प्राय: मानिसहरु चिन्तित हुन्छन् । प्राय: टाउको दुखाई आफैं ठिक भएर जान्छन्,र गम्भिर अवस्थामा भने हामीले डाक्टरकहाँ पनि जानु पर्न सक्छ । टाउको दुखाई कति प्रकारका हुन्छन्, टाउको दुखाईको समस्या कुन बेला गम्भिर हुन सक्छ र कस्तो लक्षणमा तपाईँ–हामीद्वारा गरिएको वेवास्ता भारी पर्न सक्छ भन्ने बारेमा केहि जानकारी :

माइग्रेन अथवा क्लस्टर हेडेक

चिन्ता अथवा तनावमा हुँदा टाउको दुख्छ, जबकि माइग्रेनमा टाउकोको एक भाग धेरै दुख्छ । यसबाहेक माइग्रेनको टाउको दुखाईमा वान्ता आउने अथवा वाक वाक लागेको महसुस हुन सक्छ । यदि तपाईंको निद्रा टाउको दुखाईका कारण खुल्छ भने तपाईंलाई क्लस्टर हेडेक हुन सक्छ । माइग्रेन जस्तै यसमा पनि टाउकोको एक पाटा मात्र दुख्छ ।

क्लस्टर हेडेक २० देखि ५० वर्षको उमेर समुहका मानिसमा सामान्य हो । यसबाहेक हाई ब्लड प्रेसर, स्लिप एपनिया र ब्रेन ट्यूमरका कारणले पनि टाउको दुख्न सक्छ । ज्वरो अथवा गर्दन बाङ्गिँदै टाउको दुख्नु ज्वरो अथवा गर्दन बाङ्गिँदै टाउको दुख्नु इन्सेफ्लाइटिस अथवा मेनिन्जाइटिसको संकेत पनि हुनसक्छ ।
इन्सेफ्लाइटिसमा दिमागमा मेनिन्जाएटिसमा मेन्ब्रेनमा सूजन भएर आउँछ । गम्भिर संक्रमणमा यस प्रकारको टाउको दुखाई घातक हुन सक्छ । कमजोर रोग प्रतिरोधक क्षमता अथव पाचन जस्ता रोगमा पनि यो खतरनाक हुन सक्छ ।

एन्टिबायोटिक औषधिको सहयोगले यसको तुरुन्त उपचार गर्न सकिन्छ । थन्डरक्ल्याप टाउको दुखाई थन्डरक्ल्याप टाउको दुखाई अति तिव्र र अचानक हुन्छ ।
यो ६० सेकेन्ड अथवा त्यो भन्दा पनि कम समयमा शुरु हुन्छ र धेरै तिव्र हुन्छ । धमनिहरु चुडिन्छन्, स्ट्रोक अथवा कुनै चोटका कारणले दिमागमा रगत बग्न थाल्छ । जसका कारण थन्डर क्लेप टाउको दुखाई हुन थाल्छ । यसप्रकारको टाउको दुखाईमा जहाँ पनि दुख्न सक्छ । गर्दनदेखि ढाडसम्म दुखाइ बढ्न सक्छ ।

यो दुखाई एक घण्टा अथवा त्यो भन्दा धेरै समयसम्म पनि रहन सक्छ । जसका कराण रिङटा लाग्ने, वाकवाकी तथा बेहोस हुने जस्ता लक्षण पनि महसुस हुन सक्छ । हाइपरटेन्शनका कारणले यस प्रकारको दुखाई धेरै हुन्छ । चोट लागेपछिको टाउको दुखाइ टाउकोमा चोट लागेपछि यदि टाउको दुख्यो भने डाक्टर तुरुन्तै देखाउनु पर्छ । चोट लागेपछि हुने दुखाई लगातार बढ्छ र यसलाई वेवास्त गर्नु भारी पर्न सक्छ । टाउकोको कपाल झर्ने गरी लाग्ने हल्का चोटबाट पनि दिमागमा रगत बग्न थाल्छ र यो घातक हुन सक्छ ।

आँखाका कारणले हुने टाउको दुखाइ कहिलेकाहिं आँखाको कारणले पनि टाउको दुख्न सक्छ । यदि तपाईंलाई प्राय: माइग्रेनको समस्या छ भने तपाईंको आँखाको ज्योति पनि कमजोर भएको हुनसक्छ । यदि तपाईंलाई अत्यधिक टाउको दुखाइका साथ आँखाहरुको धमिलोपनको पनि समस्या छ भने तुरुन्त नेत्र रोग विशेषज्ञसंग सम्पर्क राख्नु पर्छ । यी समस्याहरु आँखाको रेटिनामा आएको समस्याका कारणले हुनसक्छ ।

टाउको दुखाइका असामान्य कारण

माथि उल्लेखित लक्षणहरुका अतिरिक्त टाउको दुखाइका अन्य धेरै कारणहरु हुन सक्छन् । जस्तो कुनै स्थानको परिवर्तन, व्यक्तित्वको परिवर्तन, ५० वर्षपछि हुने केही शारीरिक परिवर्तन अथवा कमजोरी आदि । मनोपजबाट गुज्रिएका महिलाहरुले त झन् नयाँ प्रकारको टाउको दुखाइको अनुभव गर्न सक्छन् ।

टाउको दुखाइको संकेत

कहिलेकाहिं तपाईंको टाउको दुखाइले एउटा संकेत दिने काम समेत गर्दछ । जस्तो, जो व्यक्तिलाई अत्यधिक कफी पिउने बानी छ, उनीहरुले भनेको बेला क्याफीन पाएनन् भने पनि टाउको दु:ख थाल्छ । यसबाहेक डिहाइड्रेशन अथवा अत्यधिक मदिरापान गरेपछि पनि टाउको दुख्न थाल्छ । धुम्रपान त्याग्ने प्रकृयामा पनि निकोटीन छुट्नाले टाउको दुख्नु सामान्य कुरा हो । निद्रा पुरा नहुनु, अत्यधिक शारीरिक क्रियाकलाप हुँदा पनि टाउको दुख्न थाल्छ ।यसप्रकारको टाउको दुखाइमा कुनै पनि प्रकारको मेडिकल हेल्प अथवा स्वास्थ्य सेवाको आवश्यकता पर्दैन । आराम गर्नाले नै टाउको दुखाइ कम हुन थाल्छ । टाउको दुखाइलाई बेवास्ता गर्नु हुन्न सामान्य टाउको दुखाइ कुनै पनि पेन किलर खानाले ठिक हुन्छ । यद्यपि, यदि तपाईंलाई तिब्र रुपमा टाउको दुखेको छ भने र त्योसंगै माथि उल्लेखित अन्य गम्भिर लक्षण देखिएको छ भने तुरुन्त चिकित्सकसंग सम्पर्क राख्नु पर्छ ।