हलिउडकी सेलेना संगीतबाट सन्यास लिँदै

रामेछाप खबर संवाददाता

एजेनसी ।

अमेरिकाको चर्चित गायिका सेलेना गोमेजले संगीतबाट सन्यास लिँदै छिन् । उनले सांगीतिक क्षेत्रबाट सन्यास लिन लागेको अन्तर्राष्ट्रिय मिडियाले जनाइएको छ ।उनले आफुले सांगीतिक क्षेत्र छोड्न लागेको भोग म्यागेजिनसँगको कुराकानीमा बताएकी हुन् ।

उनले भनेकी छन्, ‘जब मानिसले तपाइँलाई गम्भीर रुपमा लिँदैनन् तब संगीत गर्न गाह्रो हुन्छ । मेरा जीवनमा त्यस्ता धेरै क्षण आएका छन् । जतिबेला मैले संगीत किन गरिरहेको छु, के कारणले गरिरहेको छु भन्ने आफ्नै प्रश्नको सामना गरेको छु ।’

उनले आफुले निकाल्ने अर्को एल्बम फरक हुने बताउदै अब संगीतबाट सन्यास लिनुअघि अन्तिम प्रयास गर्ने बताएकी छिन् । अप्रिल महिनाको भोग कभर फोटोको लागि उनी छनोट भएकी छन् । साथै उनले सात वर्षको उमेर देखि नै अभिनय यात्रा शुरु गरेकी थिइन् । हालसम्म साना देखी ठुला फिल्ममा अभिनय गरिसकेकी छिन् ।

सलमान खानकोे ‘राधे’ मे १३ प्रदर्शनमा आउँदै

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको रिलिज मिती १३ मे तोकेका हुन् ।

सलमानले फिल्मको नयाँ पोस्टर सामाजिक सञ्जालमा शेयर गर्दै प्रदर्शन मिती घोषणा गरेका हुन् । पोस्टरमा अभिनेताले हातमा पेस्तोल समातेका छन् । उनले पेस्तोलबाट गोली वर्षाएको देखिन्छ । बलिरेहको हेलीकप्टर र तोपखानाको साथ युद्वको मैदान पृष्ठभुमिमा देखिन्छ । अन्य पोस्टरमा भन्दा सलमान राधेको यो पोस्टरमा आकर्षक देखिएका छन् ।

पोस्टर सार्वजनिक गर्दै सलमानले ईदमा फिल्म प्रदर्शन गर्ने वाचा गरेकोमा पुरा गरेको जानकारी समेत दिएका छन् । सलमानले यस फिल्मले दर्शकहरुलाई हलमा फिर्ता ल्याउन सक्ने आशा गरेको छन् । अभिनेताको ईदसँग खास सम्बन्ध छ हरेक वर्ष नयाँ फिल्म ईदको अवसरमा दर्शकहरुलाई पस्कने गर्छन् । यो फिल्ममा सलमानको साथमा दिशा पटानी, रणद्वीप हुड्डा र जैकी श्राफ पनि रहेका छन् ।