माधव नेपालहरुले छिट्टै एमाले क्याप्चर गर्नुहुन्छ, या विद्रोह गर्नुहुन्छ : प्रचण्ड

रामेछाप खबर संवाददाता

काठमाडौं, २ चैत्र ।

काठमाडौं, । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले छिट्टै एमाले क्याप्चर गर्ने सनसनीपूर्ण खुलासा गरेका छन् । माधव नेपाल र झलनाथहरुले एमाले क्याच्पर नगरे छिट्टै त्यहाँ विद्रोह गर्ने पनि उनको दाबी छ ।

उनले भने,”या त माधवजीहरुले छ्ट्टिै एमाले क्याप्चर गर्ने स्थिति हुन्छ र केपी ओलीलाई बाहिर हटाउने स्थिति बन्छ, होईन भने माधवजीहरुले विद्रोह गर्ने स्थिति बन्छ । र, उहाँहरु र हामी मिलेर फेरि आन्दोलनकारी ठूलो शक्ति बन्छ । यो विश्वास मैले लिएको छु । र, हामी लगातार छलफलमै छौं । हामी कुराकानीमै छौं ।”

बुटवलमा पार्टीका नेता तथा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले आन्दोलनको क्रममा आफू र माधव नेपाल देश दौडाहमा धेरै पटक सँगै निस्केको सुनाउँदै भावनात्मक सम्बन्ध बलियो भएको सुनाउँदै यस्तो बताएका हुन् ।

उनले अब आफ्नै खुट्टामा उभिने भन्दै संगठन बलियो बनाउनतिर सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले भने,”टेक्नु त आफ्नै खुट्टामा टेक्नुपर्ने रहेछ । बद्मासीहरुसँग होईन् । मलाई पश्चात् छ, मैले कस्तालाई मन्त्री बनाएँ, प्रचण्डलाई प्रचण्ड बनाउने साथीहरुलाई मन्त्री बनाएको भए, यो दिन त देख्नुपर्दैन ।”

उनले बादललाई बद्मासको संज्ञा दिए । उनले अब माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु नफर्किएपनि हुने बताए । उनले भने,”भो ती फर्किनुपर्दैन् । अब ती आउनुपर्दैन् । तर, ती यहाँ आएर रोए भने म पग्लिन्छु क्या । रियल साथीहरु अन्यायमा परेका छन् । म पनि शिक्षा लिँदैछु । तर, मलाई लाग्छ, दुई तीन वर्ष मेहनत गर्ने हो भने देशको नम्बर वान पार्टी बनाउने तागद छ । आँफै मेहनत गर्ने हो । म अब काठमाडौं धेरै बस्द्नि । संगठन बनाउनको लागि अब ।