स्काई डाइभिङ प्रतियोगिताको क्रममा प्याराशूट नखुलेपछि…

रामेछाप खबर संवाददाता


पर्थ – पश्चिमी अष्ट्रेलियाको पर्थमा स्काई डाइभिङ प्रतियोगिताको क्रममा एक जना व्यक्तिको मृत्यु भएको छ । ३० वर्षीय ती व्यक्तिको प्याराशुट राम्रोसंग नखुलेपछि उनको मृत्यु भएको बताइउको छ । यद्यपि ती व्यक्ति अनुभवी स्काई ड्राइभर थिए । आइतबार भर्चुअल नेशनल्स स्काई डाइभिङ कम्पिटिसनको क्रममा उक्त घटना घटेको हो ।

डेली मेलको रिपार्ट अनुसार अस्ट्रेलियाको जूरियन बेमा ती व्यक्तिले स्काई डाइभिङ कम्पिटिसनमा भाग लिएका थिए । सोलो भिङसूट परफर्म गर्ने क्रममा जब उनी जहाजबाट हावामा हाम्फाले, तब उनको प्याराशूट खुल्न सकेन । फलस्वरुप उनी जमिनमा पछारिए । घटनापछि तुरुन्त इमरजेन्सी टीम ती युवककहाँ पुगेर उनलाई अस्पताल लगेका थिए ।

तर डाक्टरले उनलाई मृतक घोषित गरिदिए । मृतक व्यक्तिको नाम खुलासा गरिएको छैन । रिपोर्टका अनुसार घटनाको शिकार भएका ती व्यक्ति धेरै नै अनुभवी थिए र अत्यधिक उचाइबाट हामफल्ने खेलमा पनि सहभागि भइसकेका थिए । स्काईडाइभ कम्पनीले मृतकको परिवार र साथीहरुमा समवेदना प्रकट गरेको छ ।

त्यस्तै अस्ट्रलियाको सिभिल एभिएशन सेफ्टी अथोरिटी र अस्ट्रेलियन प्याराशूट फेडरेसनको तर्फबाबट घटनाको अनुसन्धान गरिने र के कारण प्याराशूटमा खराबी आयो भन्ने कुराको पत्ता लगाइने बताएएको छ ।

प्रहरीले पनि घटनाको बारेमा रिपार्ट तयार गरिरहेको छ ।