किन १६ करोड घाटा ब्यहोर्नु पर्यो गोबिन्दालाई? यस्तो रहेछ बास्तविक कारण

रामेछाप खबर संवाददाता

काठमाडौं, २ चैत्र ।

बलिउड अभिनेता गोबिन्दाले करिब १६ करोड घाटा ब्यहोर्नु परेको खुलासा गरेका छन् । उनले पछिल्लो एक अन्तरवार्तामा यस्तो खुलासा गरेका हुन् ।

साथै केहीले आफ्नो करियर पनि समाप्त पार्न खोजेको बताएको छन् । उनले भने, ‘पछिल्लो १४–१५ वर्षमा मैले पैसा लगानी गरेँ र मैले करिब १६ करोड घाटा बेहोर्नुपर्यो । केही मानिसहरूले ममाथि असाध्यै नराम्रो व्यवहार गरे । यिमध्ये केही इन्डष्ट्रिका मानिसहरू पनि थिए । मेरो फिल्मले थिएटर पाएन र उनीहरु मेरो करियर समाप्त गर्न चाहन्थे, जुन भएन । अब म सन् २०२१ मा धमाकाका लागि प्रतीक्षा गरिरहेको छु ।’

उनले बलिउडमा आफुविरुद्ध षड्यन्त्र रचिएको पनि बताएका छन् । उनले भने, ‘भनिन्छ नि आफ्नो पनि पराई हुन्छन् । यदि भाग्य तपाईंको पक्षमा छैन भने तपाईँका आफ्ना मानिसहरू पनि तपाईं विरुद्ध हुने छन् ।’

९० को दशकमा गोबिन्दा सिनेमाघरमा राज गरेका थिए । यद्यपि, पछिल्लो केही वर्षमा उनका जुन फिल्म रिलिज भए त्यसले खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन् । गोबिन्दाले यस अघि पनि आफ्नो करियर समाप्त गर्ने कोसिस गरिएको भन्नेबारे जानकारी दिएका थिए ।

सलमान खानकोे ‘राधे’ मे १३ प्रदर्शनमा आउँदै

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको रिलिज मिती १३ मे तोकेका हुन् ।

सलमानले फिल्मको नयाँ पोस्टर सामाजिक सञ्जालमा शेयर गर्दै प्रदर्शन मिती घोषणा गरेका हुन् । पोस्टरमा अभिनेताले हातमा पेस्तोल समातेका छन् । उनले पेस्तोलबाट गोली वर्षाएको देखिन्छ । बलिरेहको हेलीकप्टर र तोपखानाको साथ युद्वको मैदान पृष्ठभुमिमा देखिन्छ । अन्य पोस्टरमा भन्दा सलमान राधेको यो पोस्टरमा आकर्षक देखिएका छन् ।

पोस्टर सार्वजनिक गर्दै सलमानले ईदमा फिल्म प्रदर्शन गर्ने वाचा गरेकोमा पुरा गरेको जानकारी समेत दिएका छन् । सलमानले यस फिल्मले दर्शकहरुलाई हलमा फिर्ता ल्याउन सक्ने आशा गरेको छन् । अभिनेताको ईदसँग खास सम्बन्ध छ हरेक वर्ष नयाँ फिल्म ईदको अवसरमा दर्शकहरुलाई पस्कने गर्छन् । यो फिल्ममा सलमानको साथमा दिशा पटानी, रणद्वीप हुड्डा र जैकी श्राफ पनि रहेका छन् ।