पैसासम्बन्धी विश्वविख्यात विज्ञहरूको महत्वपूर्ण भनाईहरू : ‘पैसालाई भगवान बनाइयो भने…’

रामेछाप खबर संवाददाता


पैसासम्बन्धी विश्वविख्यात विज्ञहरूको महत्वपूर्ण भनाईहरू : ‘पैसालाई भगवान बनाइयो भने…’
पैसालाई हामी वस्तु विनिमय गर्ने वस्तुको रुपमा बुझ्छौँ । कागज वा धातुलाई निश्चित आकारमा काटेर, रंग घोलेर, थरीथरीका बुट्टा भरेर, अमुक व्यक्तिको हातबाट दस्तखत गराएर कागजको मूल्य तय हुन्छ । त्यसले पैसाको रूप लिन्छ ।

हामी त्यसलाई पैसा भन्छौं । हामी ईश्वर मान्दैनौं, धर्म मान्दैनौं, राज्य मान्दैनौं, शासन व्यवस्था नमान्न सक्छौं, तर पैसाविना जीवन चल्दैन विश्वभरका मान्छेसँग मिल्ने एउटै लक्ष्य प्राप्ति भनेको पैसा हो । पैसाको सन्दर्भमा मानिसहरूको आआफ्नै धारणा भएको पाइन्छ । जसमध्ये हेर्नुस् केही विश्वविख्यात विज्ञहरुको पैसासम्बन्धी धारणा

म धनी मानिसभन्दा गरिब मानिस भएर बाँच्न चाहान्छु । – पाब्लो पिकासो मुद्रा भएमा कागजको खोस्टामात्र खर्च हुन्छ तर समयको खर्च भएमा जीवनको भाग नै खत्तम हुन्छ ।- माइकल लिबोइक मुद्रा आफैँ टाउको दुखाइ पनि हो र त्यस्को औषधी पनि ।- इमिरेट म्यामोर

जीवनमा आइपर्ने केही दुःखलाई राम्रो कमाइले पार लाउन सक्दैन । – लोगन पियरसल स्मिथ पैसा दुईधारे तरबार हो, जसले भए पनि, नभए पनि मानिसलाई चोट दिइरहन्छ । – लेखनाथ पौडयाल म प्रशस्तै पैसा भएको गरिब मानिसको जीवन बाँच्न चाहन्छु । – पाब्लो पिकासो

पैसालाई जति अङ्गालो हाल्छु भनेर लागे पनि यसले तपाईँको वास्ता गर्दैन । – अज्ञात जीवनलाई डलरसँग तुलना गर्नु ठूलो भूल हो । – क्लिपफोर्ड ओडेट्स पैसाको सवालमा सबै एक धर्मका अनुयायी बनिदिन्छन् । – भोल्तेयर पैसालाई भगवान बनाइयो भने यसले हामीलाई दानव बनाइदिन्छ । – हेनरी फिल्डिङ नारी नभएको भए पैसाको पनि कुनै अस्तित्व हुने थिएन । – एरिस्टोटल

शुद्ध निस्वार्थ प्रेम मन र निश्कलङ्क शुद्धिविना असम्भव र अप्राप्य छ । – महात्मा गान्धी