‘OK’ शब्दको बारेमा यस्तो छ रोचक कथा

रामेछाप खबर संवाददाता

काठमाडौं–

प्राय: मानिस कुनै कुराको जवाफ दिनु पर्यो भने ओके (OK) भन्छन् । चाहे त्यो व्यक्ति तपाईंको साथी होस्, अफिसमा तपाईंको हाकिम होस् अथवा कोहि अन्य । दुई अक्षरको यो शब्दको प्रयोग हामी जो कोहिसंग कुरा गर्ने क्रममा सबैभन्दा धेरैपटक प्रयोग गर्छौं । चाहे हामी कसैसंग सहमत हौं अथवा असहमत । जब तपाईंले ठीक भन्नु पर्यो अथवा कुनै कुरामा सहमति जनाउन पर्यो भने तपाईं ओके भन्नु हुन्छ ।

यो दुई अक्षरले एउटा बाक्य पुरा गर्ने काम गर्छ । ओके सामान्य बालिचालिको भाषाको एउटा शब्द नै बनेको छ । तर आश्चर्यमा पार्ने कुरा हामी मध्ये कमैलाई थाहा छ ओकेको फुल फर्म के हो ?

आज हामी तपाईंहरुलाई ओकेको अर्थ के हो भन्ने बारेमा बताउँदै छौं ।

१८२ वर्षअघि भएको थियो ओकेको थालनी ओके अंग्रेजी भाषाको सबैभन्दा सरल शब्दहरु मध्येको एक हो । यसको प्रयोग स्विकार, सहमति, अनुमति जस्ता थुप्रै कुराहरुमा गरिन्छ । ओकेको वास्तविक अर्थ हो ‘Olla Kalla’ (ओल्ला काल्ला) । यो एउटा ग्रीक शब्द हो, जसको अर्थ हुन्छ अल करेक्ट ।

ओके शब्दको जन्म १ सय ८१ वर्षअघि भएको हो । यसको थालनी अमेरिकी पत्रकार चाल्र्स गोर्डोन ग्रनीको कार्यालयबाट भएको हो । सन् १८३९ मा लेखकले जानिजानि शब्दहरुलाई परिवर्तन गर्दथे र प्लेफूल एब्रिभिएसनको प्रयोग गर्दथे । ओकेको प्रयोग सबैभन्दा पहिला ‘ओल कोरेक्ट’ (Oll Korrect) को एब्रिभिएसनको रुपमा गरियो ।

यो ग्रामरमा आधारित एउटा व्यंग्यात्मक लेख थियो र बोस्टन मर्निङ पोस्टमा सन् १८३९ मा प्रकाशित भएको थियो । यो ट्रेण्डले पछि OW जस्तो शब्द पनि प्रयोगमा आए । यसको अर्थ पनि ‘oll wright’ अथवा all right नै हुन्थ्यो । अमेरिकी चुनावसंग सम्बन्धित कुरा

त्यसपछि ओकेको प्रयोग चुनावी नाराको रुपमा गरियो । सन् १८४० मा अमेरिकी राष्ट्रपति मारटिना भेन बरेनको री–इलेक्शन क्याम्पेनमा जब ओके शब्दको प्रयोग गरियो, तब यो शब्द संसारभरी प्रचलित भयो ।