प्रधानमन्त्री ओलीलाई भट्टराईको चेतावनी, सत्ता नछाडे ‘भीरबाट लड्ने गाई’को अवस्था आउने

रामेछाप खबर संवाददाता

काठमाडौं, २ चैत्र ।

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई सत्ता छाड्न आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत परिस्थिति बुझेर बेलैमा सम्मानित तरिकाले सत्ता छाड्न आग्रह गरेका हुन् अन्यर्था ‘भीरबाट लड्ने गाई’को अवस्था आउने चेतावनी समेत उनले दिएका छन् ।

उनले व्यग्यात्मक शैलीमा लेखेका छन्, ‘दन्त्यकथाका भेडाहरू काठको फड्केमा बाटो छोड्नुसट्टा सिंगौरी खेलेर दुवै मरेका थिए रे, नेपाली राजनीतिका मूर्ख र अहंकारी भेडाहरूको नियति त्यस्तै हुनलागेको हो त ? अझै पनि समय छनैतिक र वैधानिक दुवै ढंगले सत्तामा बस्ने हैसियत गुमाइसकेको ओलीतन्त्रले बाटो छोडोस्, नत्र भीरबाट लड्ने गाईलाई…!’

प्रधानमन्त्री ओलीको पहलमा पहिलोपटक शिक्षण अस्पतालमा ११ महिने बालकमा कलेजो प्रत्यारोपण

शिक्षण अस्पताल महाराजगंजमा ११ महिने बालकलाई कलेजो प्रत्यारोपण गरिएको छ। बालकमा गरिएको कलेजो प्रत्यारोपण सफल भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

काभ्रे घर भएका बालकलाई उनकै ३५ वर्षीय बुवाले कलेजो दान गरेका शिक्षण अस्पताल प्रशासनले जनाएको छ। वरिष्ठ चिकित्सक डा.रमेशसिंह भण्डारी नेतृत्वको टोलीले ११ महिने बालकलाई कलेजो प्रत्यारोपण गरेको हो। भण्डारीसहित ६० जना चिकित्सक टोलीले ८ घण्टा लगाएर बालकमा कलेजो प्रत्यारोपण गरेका हुन्।

कजेजो प्रत्यारोपणका लागि फोर्टिस अस्पताल भारतका डा.विजय भिजको नेतृत्वमा चिकित्सकको टोली शिक्षण अस्पताल आएको डा.भण्डारीले जानकारी दिए।

११ महिने बालकलाई कलेजो प्रत्यारोपण गरिएको नेपालमा पहिलोपटक हो। अहिले बालक र उनका बुवाको स्वास्थ्य अवस्था सामान्य रहेको डा.भण्डारीले जानकारी दिए। बालकलाई कलेजो दिने बाबुलाई आईसीयुमा राखिएको छ।

सुरुमा शिक्षण अस्पतालले बालकलाई कलेजो प्रत्यारोपणको लागि भारत रिफर गरेको थियो। यसको जानकारी अभिभावकले प्रधानमन्त्री केपी ओलीलाई गराएपछि प्रधानमनन्त्री ओलीले शिक्षण अस्पतालमै प्रत्यारोपण गर्न निर्देशन दिएका थिए। ओलीले शिक्षण अस्पतालमै प्रत्यारोपणको लागि पहल अघि बढाएका थिए।

गएको शनिबार दिउँसो २ बजे सुरु भएको कलेजो प्रत्यारोपण राति ९ बजे पूरा भएको अस्पताल प्रशासनले जनाएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार बालकमा जन्मजात कलेजोमा समस्या थियो।