शरीर मात्र होइन मुखभित्र पनि ट्याटु खोपाउने अचम्मको प्रचलन

रामेछाप खबर संवाददाता


अचेल हरेक उमेरका मान्छेमा एउटा रुची छ, शरीरका अलग-अलग अंगमा ट्याटु खाेपाउने। कतिपयले त शरीरका हरेक जसो भागमा ट्याटु खाेपाइसकेका हुन्छन्। ट्याटुको प्रचलन दिनप्रतिदिन लाेकप्रिय बन्दैछ। तर पछिल्लो समय सिक्रेट ट्याटुको अचम्मको प्रचलनले चर्चा कमाइरहेकाे छ।

मान्छेले ट्याटु बनाउन शरीरको यस्तो अंग चुनेका छन्, जुन थाहा पाएर तपाईँ अचम्ममा पर्नु हुनेछ। आजकल मान्छे मुखभित्र तालुमा पनि सिक्रेट ट्याटु खाेपाउन थालेका छन्। मुखभित्र ट्याटु खोपाउने मध्येकी एक हुन् बेल्जियमकी प्रसिद्ध ट्याटु कलाकार इण्डि वायट।

​वायट यसका लागि पाँच वर्षदेखि काम गरिरहेकी छन्। मुखभित्र ट्याटु बनाउने काम धेरै कठिन हो। शरीरको बाहिरी भागमा ट्याटु खोप्न सुईबाट छेड्ने क्रिया हुन्छ। त्यसरी नै सुईले छेडेर मुखभित्र ट्याटु बनाइने गरिन्छ। ट्याटु खोपाएपछि केही दिन मसलादार भोजन र कडा पेय पदार्थ सेवन गर्न मिल्दैन।

सानो किसमिसको ठूलो फाइदा

किसमिसले स्वास्थ्यलाई गर्ने लाभहरू धेरै छन् । यसमा हुने क्याल्सियम, आइरन र फाइबरले शरीरमा रगतको कमी हुन दिँदैन । यसलाई पानीमा भिजाएर त्यो पानी पिउँदा पनि शरीरलाई फाइदा हुन्छ ।

खासमा किसमिस पानीमा भिजाएर खाएको राम्रो हुन्छ । रातभरि किसमिस भिजाएर राख्ने अनि बिहान उठेर खाली पेट पिउने गर्नाले स्वास्थ्यलाभ हुन्छ । किसमिसको नियमित सेवनले पाचनशक्ति बढाउँछ । एक गिलास पानीमा १२ किसमिस भिजाएर खाँदा पेट सफा हुन्छ ।

पातला मान्छेले दिनदिनै किसमिस सेवन गर्नुपर्छ । यसले सही तौल दिलाउनुका साथै ऊर्जा पनि बढाइदिन्छ । शरीरमा क्यान्सरका कोशिकाहरू पनि यसले बन्न दिँदैन । सास गनाउने समस्या भएका मानिसलाई किसमिस सेवनले फाइदा गर्छ । किसमिसमा हुने प्राकृतिक चिनीले मधुमेहका रोगीलाई पनि फाइदा गर्छ । यसले इन्सुलिन नियन्त्रणमा राख्छ ।

उच्च रक्तचाप भएकाहरूलाई यसले फायदा गर्छ । पोटेसियमले हाइपरटेन्सनबाट जोगाउँछ । यसमा भएको आइरनले रक्ताल्पताबाट बचाउँछ । अनि यसमा भएको कपरले रक्तकोशिका बनाउँछ र रगतको कमी हुन दिँदैन । किसमिसमा भएको पोटेसियमले हाड बलियो बनाउँछ ।