जुडिबुटीमा मोटरसाइकल पल्टिदा दुई जनाको मृत्यु

रामेछाप खबर संवाददाता

काठमाडौं, १ चैत्र ।

काठमाडौं। काठमाडौको जडिबुटी चोक नजिकै आज पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा २ जनाको मृत्यु भएको छ। मोटरसाइकलमा पछाडी सवार व्यक्ति भने घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुली घर भइ काठमाडौँको मुलपानीमा बस्दै आएका २८ वर्षीय रामकुमार श्रेष्ठ र पैदलयात्री भक्तपुरको लोकन्थलीकी ६५ वर्षीया गंगामाया तिमल्सिना रहेका छन्।

गम्भीर घाइते भएका रामबहादुरको उपचारको क्रममा ट्रमा सेन्टरमा र गंगामायाको सिनामंगलमा रहेको काठमाडौ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। पेप्सीकोलाबाट जडिबुटी तर्फ आउदै गरेको बा ९२ प १४३ नम्बरको मोटरसाइकलले आज बिहान ६ बजे पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो।
घाइते भएका मोटरसाइकलमा पछाडी सवार मुलपानी बस्ने ४६ वर्षीय कुलबहादुर श्रेष्ठको काठमाडौ मेडिकल कलेजमा उपचार भइरहेको छ।

लाहान विष्फोटका घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं। सिराहाको लाहानस्थित मालपोत कार्यालयमा आइतबार भएको बम विष्फोटमा घाइते भएका एकजनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। सिराहको धनगडीमाई नगरपालिका ४ का ३५ वर्षीय दिनेश भण्डारीलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।

आइतबार दिउँसो मालपोत कार्यालयमा विष्फोट हुँदा ८ जना घाइते भएको सिराहका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिए। घाइते मध्ये नासु शिवकुमार यादवलाई विराटनगर पठाइएको छ।

अन्य घाइतेको लाहानमै उपचार भइरहेको छ। प्रहरीले सो विष्फोट जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहले गराएको आशंका गरेको छ। घटनास्थलमा गोइत समूहको पर्चा भेटिएको प्रहरीले जनाएको छ। त्र घटनाको जिम्मेवारी हालसम्म कसैले नलिएको प्रहरीले जनाएको छ।