भेजको ठाउँमा नन–भेज पिज्जा दिँदा एक करोडको क्षतिपूर्ति

रामेछाप खबर संवाददाता

नयाँ दिल्ली–

भारतको नयाँ दिल्लीसंग जोडिएको यूपीको गाजियाबादमा एउटा कम्पनीलाई आफ्नी महिला ग्राकहलाई भेज (शाकाहारी) को ठाउँमा ननभेज (मांशाहारी) पिज्जा दिनु भारी परेको छ । अहिले ती महिलाले पिज्जा बैच्ने कम्पनीविरुद्ध धार्मिक भावनालाई आहत गर्ने आरोप लगाउँदै एक करोड रुपैयाँ जरिवानाको मुद्दा दर्ता गराएकी छिन् ।

गाजियाबादकी एक शाकाहारी महिलाले एउटा अमेरिकी रेस्टुराँमा भेज पिज्जा अर्डर गरेकी थिइन्, तर उनलाई भूलवस नन भेज पिज्जा पठाइएको थियो । यस बारेमा महिला भन्छिन् –‘मेरो धार्मिक भावना आहत भएको छ र यसको क्षतिलाई कम गर्नका लागि उनले कठोर र महंगो अनुष्ठानको सामना गर्नु पर्जेछ ।’

समाचार एजेन्सी एएनआईको रिपोर्ट अनुसार दीपाली त्यागीले आफ्नो निवेदनमा आफ्नो धार्मिक मान्यता, शिक्षा, पारिवारिक परम्परा, स्वंयको विवेक र आफ्नो खुशीले शुद्ध शाकाहारी भएको र नन भेज पिज्जा खाएपछि आफूले पिज्जा खान नै बन्द गरेको कुरा दावी गरेकी छिन् ।

दीपालीले परिवारका लागि गाजियाबादमा पिज्जा आउटलेटबाट शाकाहारी पिज्जाका लागि अर्डर गरेकी थिइन् ।

‘धेरै समयपछि पिज्जा आयो, पिज्जा ढिला आएको कुरालाई वेवास्ता गर्दै पिज्जाको एक टुक्रा खाएँ । एक टुक्रा खाँदा मलाई पिज्जा मशरुमको ठाउँमा मासुको टुक्रा भएको कुरा थाहा भयो’, दीपालीका वकील फरहत वारसीका अनुसार दीपालीले तुरुन्त उपभोक्ता अदालतको ग्राहक सेवा अधिकारीलाई फोन गरेको र भेज पिज्जाको ठाउँमा नन भेज पिज्जा दिने लापरवाहीको गुनासो गरेको बताए ।

एएनआईको रिपोर्टका अनुसार केहि दिनपछि पिज्जा आउटलेटका एक प्रबन्धकले दीपालीलाई फोन गरेर गुनासो गर्ने परिवारलाई निशुल्क पिज्जा दिने वचन गरेका थिए । यद्यपि गुनासो गर्ने व्यक्तिले यो सानो गल्ति नभएको बताएका छन् ।

उनीहरुको यस्तो गल्तिले धार्मिक विश्वास र प्रथालाई चोट पुऱ्याएको बताएका छन् । यस घटनाले उनीहरुान स्थायी मानसिक पीडा भएको गुनासो गर्ने व्यक्तिका वकिलको दावी रहेको छ ।

उनीहरुले यसका लागि विभिन्न लामो र महंगो अनुष्ठान गर्नु पर्ने बताएका छन्, जसका लागि उनीहरुले आफ्नो सम्पूर्ण जीवनको क्रममा लाखौं रुपैया खर्च गर्नु पर्ने पनि बताएका छन् ।