भाइरल भयो सनी लियोनीको यो भिडियो [भिडियो सहित]

रामेछाप खबर संवाददाता


बलिउडकी बोल्ड अभिनेत्री सनी लियोनी सधैंजसो सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् । उनी कहिले ग्लामरश लुक्स त कहिले भिडियोका कारण चर्चामा आइरहन्छिन् । उनले हालै एक भिडियो सार्वजनिक गरेकी छन् । जसमा उनले केरलको एक तालको बीच भागमा रहेको देखिन्छिन् । उनले केरलमा रियलिटी शोको शुटिङ गरिरहेकी छन् । सो भिडियो यसैको हो ।

उनको यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ । भिडियो शेयर गरेको २३ घन्टा भएको छ । एक दिनमा नै यसले १९ लाख ८४ हजारभन्दा बढी भ्युज पाएको छ ।

https://www.instagram.com/p/CMBk_CHDfXw/

आँसु झार्दै बिपनाले गुनासो गरिन्, ‘१४ बर्ष मलाई कसैले सम्झिएन’

काठमाडौंँ । अभिनेत्री बिपना थापा अहिले नेपालमा छिन् । पारिवारिक भेटघाटको सिलसिलामा उनी नेपाल आएकी हुन् । करिव एकसय बढी फिल्म अभिनय गरेकी उनी बिवाहपछि फिल्म अभिनयबाट टाढा भएकी हुन् ।

नेपाल आएको अवसर परेकोले पनि उनी शनिबार आयोजित ‘१०औं नेफ्टा अवार्ड’मा सहभागी भएकी छन् । आयोजकले उनलाई अवार्ड समारोहमा सहभागीका निम्तो दिएको थियो ।

कार्यक्रममा अभिनेत्री बिपनाले १४ बर्षसम्म आफुलाई फिल्म क्षेत्रले नसम्झिएको गुनासो गरिन् । ‘१४ बर्षसम्म कसैले मलाई सम्झिएन’ बिपनाले कार्यक्रममा भनिन् ‘ आज सम्झदा निकै नै खुशी लागेको छ ।’ बिपनाले आँखभरी आसु पार्दै थपिन् ‘म नेपालमा नभएर पनि होला, साय । मेरो सम्झना गरिएन ।’

अभिनेत्री थापाले छिट्टै नेपाली फिल्म अभिनय गर्न लागेको समेत उक्त अवसर बताइन् । उनले भनिन्, ‘कोरोना अगाडि नै फिल्म गर्ने कुरो थियो । तर त्यो हुन सकेन । अव छिट्टै फिल्म पनि खेल्दैछस । थापाले आफुलले अभिनय गर्ने फिल्मको बारेमा भने केही पनि बताइनन् ।