निद्रा लाग्ने औंषधी सेवन गर्नुहुन्छ ? यस्ले स्वास्थ्यमा यस्ताे असर पार्छ !

रामेछाप खबर संवाददाता


अहिलेको व्यस्त जीवनशैलीसँगै प्रतिस्पर्धा,पैसा, करियर,परिवार आदिको कारणले गर्दा पनि प्राय जसो मानिसहरुलाई निदाउन गाह्राे हुन्छ । तसर्थ निदाउँनका लागि औंषधीको सहारा लिने गर्छन् । कसैले चिकित्सककाे सल्लाहमा त कसैले आफू खुसी औंषधीको प्रयोग गरिरहेका हुन्छन् । यसले निदाउन सजिलो भएता पनि यो औंषधी सेवन गर्ने बानी स्वास्थ्यको लागि घातक पनि हुन सक्छ । धरैजसाे वृद्धअवस्थामा निद्रा नलाग्ने समस्या बढि देखिन्छ ।

यस्ता छन् निद्रा लाग्ने औंषधीकाे सेवनबाट हाम्राे स्वास्थ्यमा पर्ने असरहरु :

सम्झने शक्तिमा ह्रास: लामो समय सम्म निद्रा लाग्ने औंषधी प्रयोग गर्नाले मस्तिष्कमा असर, सम्झने शक्तिमा कम हुनुका साथै मानसिक रोगहरु जोखिम बढ्दछ ।

थकान बढ्ने : दैनिक रुपमा निद्रा लाग्ने औंषधीको प्रयोग गर्ने गर्नाले आलस्य, थकान हुनुका साथै धेरै औंषधीको प्रयोगले भोक पनि हराउँदै जान्छ ।

कोमामा जाने खतरा: दैनिक रुपमा एक चक्की भन्दा बढि औंषधी सेवन गर्ने व्यक्ति कोमामा जाने खतरा बढि हुन्छ । यो समस्या दमको रोगी भएका व्यक्तिहरूमा बढि खतरा हुन्छ ।

गर्भावस्थाको शिशुलाई हानिकारक : गर्भवती महिलाले निद्रा नलागेको खण्डमा निद्रा लाग्ने औंषधी प्रयोग गर्दा गर्भमा रहेको बच्चाका लागि हानिकारक हुन्छ । जसको सेवनले गर्भमा रहेको बच्चामा विभिन्न प्रकारका शारीरिक असहरु पर्न सक्छ । त्यसैले यदि गर्भवस्थामा निद्रा नलागेको अवस्थामा डाक्टरको सल्लाह अनुसारको औंषधी सेवन गर्नु फाइदा हुन्छ ।

हृदयघातकाे जाेखिम : दैनिक रुपमा निद्रा लाग्ने औंषधीको सेवन गर्नाले हृदयघातको जोखिम ५० प्रतिशतले बढ्नुका साथै रक्तचाप बढेने, टाउको दुख्ने, रक्तनलीमा समस्या हुने गर्दछ ।

दिउँसो आलस्य हुनु : निद्रा लाग्ने औंषधीको प्रभाव लामो समयसम्म रहने हुनाले औंषधी खाएको भोलिपल्ट दिनभरी आलस्य महशुस हुन्छ ।