ओठ वा जिब्रोमा घाउ आएको छ ? यसो गर्नुस् चाँडै निको हुन्छ !

रामेछाप खबर संवाददाता


प्रायजसो धेरै मानिसहरुको मुख,जिब्रो तथा ओठहरुमा साना साना बिबिरा, फोकाफोकी आइरहने हुन्छ । यो समस्य धेरैले भोग्ने समस्या हो । कसैको जिब्रोमा त, कसैको ओठ, कसैको गिजामा यो घाउ आउने गर्छ । जसले गर्दा खाना खान, बोल्न समेत समस्या हुने, साथै लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाटीको ग्रन्थि सुनिने, दुख्ने समस्या पनि निम्तिन सक्छ ।

किन आउँछ घाउ ?

विशेष गरि शरीरमा पोषणको कमी भिटामिन बी,सी,आइरन तथा प्रोटिनको कमीले मुख,ओठ, तथा जिब्रोमा घाउ आउने गर्छ । त्यस्तै खाद्य विषाक्तता,सुर्ति,पानमसला, मद्यपान, र धुम्रपानका कारण ब्याक्टेरिया तथा फङगसको संक्रमण, बढि तातो र मसला, बढि अम्ल भएको खान पानको कारणले पनि मुख, ओठ, जिब्रोमा घाउ आउँछ ।

समधान गर्ने उपायहरु:

-प्रशस्त मात्रामा पानी पिउने । तर बढि चिसो वा तातो नपिउने । -फलफूल तथा साग सब्जी चपाएर खाने । -मनतातो पानीमा पिटकिरी मिसाएर दिनमा कम्तीमा पनि ३ पटक कुल्ला गर्ने । – चिल्लो पदार्थ बढि मात्रामा नखाने । -बिहान-बिहान उम्रको गेडागुडी खाने । -घाउ भएको ठाउँमा मह लगाउने ।

-निमको पात चपाउने । -बदाम भिजाएर खाने । -पानीमा तुलसीको पात राखेर कुल्ला गर्ने । यसका साथै बाराम्बार समस्या भैइरहेमा चिकित्सकलाई देखाउने । किनकि विभिन्न रोगका कारण पनि मुख, जिब्रो तथा ओठमा घाउ आउने सक्छ ।

यस्ता ६ खानेकुरा बिहान खाली पेटमा नखानुस्

एजेन्सी – बिहान खाली पेटमा थोरै थोरै खाना खानुपर्छ । बिहान खाने खानेकुराले मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रभावित बताउँछ । गलत खानेकुराले पाचन प्रक्रियामा समस्या पैदा गर्छ । त्यसैले बिहान केही यस्ता खानेकुरा खानुहोस् जसले तपाईंको स्वास्थ्यलाई स्वस्थ्य राख्छ ।

काँचो सागसब्जी
डाइटमा सलाद खानु राम्रो मानिन्छ तर यो ध्यान दिन आवश्यक छ कि काँचो खाने सागसब्जीमा भरपुर फाइबर हुन आवश्यक छ । जुन सजिल्यै पच्छ । बिहान खाली पेटमा काँचो सागसब्जीले ग्यास, ब्लोटिङ र पेट दुख्ने समस्या पैदा गर्छ ।

अमिलो फलफूल
अमिलो फलफूल सुन्तला र टमाटरमा भिटामिन सीको मात्रा प्रचुर हुन्छ । यसले तपाईंको छाला र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । तर खाली पेटमा बिहान खाँदा एसिड पैदा गर्छ र पेटमा जलन र ग्याष्ट्रिक पनि निम्त्याउँछ ।

कफी
सामान्यतयाः मानिसहरु बिहान खाली पेटमा कफी पिएर सुरुवात गर्छन् । तर खाली पेटमा कफी पिउँदा पेटमा अम्लिय रस उत्पादन हुने र पेटमा ग्याष्ट्राइटिस हुने खतरा बढ्छ ।

बास्नादार पेयपदार्थ
एक गिलास जुस पिएर दिनको सुरुवात गर्ने चलन रहेको छ । तर प्याकिङ गरिएको जुसमा भारी मात्रामा चिनी हुन्छ । पेटमा सानो आन्द्राको माथिल्लो भागमा रहेको ग्रन्थीलाई प्यानक्रियाज ग्रन्थी भनिन्छ ।

केरा
बिहान खाली पेटमा केरा खाँदा ध्यान दिन आवश्यक छ । केरामा म्याग्नेशियम र पोटाशियमको मात्रा उच्च हुन्छ । जसले खाली पेटमा सेवन गर्दा मिनरललाई असन्तुलित बनाउँछ ।

दही
दहीले खाना पचाउन मद्दत गर्छ । तर यसमा पाइने ल्याक्टिक एसिड नामक ब्याक्टेरियाले बिहान खाली पेटमा उच्च अम्लीय सामाग्री पैदा गर्छ । त्यसैले दही बिहान खाली पेटमा भन्दा दिउँसो खाँदा राम्रो मानिन्छ ।