फेरी बढ्यो सुनचाँदीको मुल्य, तोलाको कती ? हेर्नुहोस्

रामेछाप खबर संवाददाता

काठमाडौं, १ चैत ।

आइतबार सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ४ सयले बढेर ८६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ८६ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार १५० रहेको छ । त्यसैगरी आज चाँदी भने आज स्थिर रहदै प्रतितोला १२ सय ७० मै कारोबार भइरहेको महासंघले जनाएको छ ।

नागरिक लगानी कोषद्वारा आर्थिक सहयोग

नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःसहाय सेवा सदन जेष्ठ नागरिक आवास गृहलाई २ लाख ५० हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
सो सहयोग रकमको चेक कोषका निमित्त कार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेलले सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा कट्टेलले कोषले प्रदान गरेको रकमले वद्ध–बृद्धाहरुलाई बुढेशकालमा आफुलाई आवश्यक पर्ने सामान खरिद गर्न सहयोग पुग्ने बताए । यो भन्दा अघि पनि कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा सहयोग पु-याउँदै आएको थियो । कार्यक्रममा कोषका तर्फबाट का.मु निर्देशक द्वय शोभा श्रेष्ठ सुवेदी र हेमन्त पोखरेल, उपनिर्देशक अमृत बहादुर अधिकारी लगायतका पदाधिकारी सहभागी थिए ।

कोषले ३१ औं वार्षिकोत्सवको अवसरमा सो सहयोग गरेको हो । कोषको ३१ औ वार्षिकोत्सव आगामी ४ चैतमा रहेको छ । आवास गृहमा आश्रित बृद्ध–बृद्धाहरुको आर्थिक जीवन यापनमा केही सहयोग पु¥याउने उद्देश्यले खाद्यान्न, लत्ता कपडा लगायतका दैनिक आवश्यक पर्ने सामान खरिदको लागि सो रकम प्रदान गरिएको हो । सहयोग रकमबाट सेवा सदनमा रहेका ३५ जना लाभान्वित हुने अपेक्षा गरिएको छ ।