प्रधानमन्त्री ओली एमाले सिध्याउनतर्फ लागेको नेता खनालको आरोप

रामेछाप खबर संवाददाता

काठमाडौं, १ चैत ।

नेकपा एमालेका वरिष्ट नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई सिध्याउनेतर्फ उन्मुख गराएको आरोप लगाउनु भएको छ । नेता खनालल भने प्रधानमन्त्री केपी ओलीले एकता बचाउन नसकेर पार्टी सिध्याउनेतर्फ लागेको बताए । एमालेलाई धेरै संघर्षका साथ बनाइएको बताउँदै अहिले नै पार्टी फुट्यो भन्न नमिल्ने समेत नेता खनाल उल्लेख गरे ।

जसरी पार्टीलाई एकतापूर्ण तवरले बचाउनुपथ्र्यो त्यो अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले न वैचारिक, न राजनीतिक, न शैद्धान्तिक तरिकाले बचाउन सक्नुभयो न पार्टी एकिकरण नै, उहाँले पद र शक्तिमा पुगेपछि पार्टीलाई बिर्सनुभयो ।

खनालले आफूलाई दशौं महाधिवेशनले मात्र पदबाट हटाउन सक्ने तर्क गरे । उनले वैधानिकरुपमा बैठक नबोलाएर गुटगत बैठकबाट आफुअनुकुलका निर्णय ओलीले गरेकाले पार्टी विसर्जनतिर गएको आरोप लगाए । माओवादी केन्द्रसँग विगतमा एकिकरण गर्दापनि अध्यक्ष ओलीले आफुहरुसँग छलफल नै नगरेको समेत आरोप लगाए ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजेदेखि केन्द्रीय कमिटि बैठक बस्न लागेको हो ।बैठकमा एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समिकरण, पार्टीको नाम र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरिने बताइएको छ ।

साथै बैठकमा सर्वोच्चको फैसलापछि पार्टीमा नफर्कने माओवादी नेताहरुलाई शनिबार सोधिएको २४ घण्टे स्पष्टिकरणबारे पनि समीक्षा गरिने बताइएको छ । शनिबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले गृहमन्त्री रामबहादुर थापा बादलसहितका ६ मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्