सुरेन्द्र पाण्डेलाई झुक्किएर आएको त्यो म्यासेज…

रामेछाप खबर संवाददाता

काठमाडौँ, २९ फागुन ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा पार्टी नेताहरुको जिम्मेवारीमा ‘व्यापक फेरबदल’ गरे । आज बालुवाटारमा बसेको ओलीपक्षीय बैठकले केन्द्रीय कमिटी विस्तार, महाधिवेशन कमिटी, प्रदेश अध्यक्ष सचिव, इन्चार्ज र विभागीय प्रमुखको जिम्मेवारी तोके ।

सर्वोच्च अदालतको फैसलापपछि पार्टी ब्युँतिए पनि माधवकुमार नेपाल पक्ष पार्टीमा नफर्किनेमा ओली पक्ष ढुक्क रहेको र त्यसैअनुसार केही दिनको तयारीअनुसार आज बैठक बसेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार आफूपक्षीय केन्द्रीय सदस्यहरुलाई आज दिउँसो ११ बजे बालुवाटारमा उपस्थित हुनू भनेर पठाएको म्यासेज नेता माधवकुमार नेपालपक्षीय दुईजना नेताकहाँ पनि पुगेको खुलेको छ ।

नेपालनिकट स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र केन्द्रीय कमिटी सदस्य राजनकुमार राईलाई उक्त म्यासेज झुक्किएर पुगेको एक नेताले जानकारी दिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभक्त हुँदा नेपाल पक्षले फरक बाटो तय गरेको र अहिले पार्टीमा फर्किए पनि दुखै दिने भएकाले उक्त पक्षलाई बैठकमा नबोलाउने निष्कर्षमा पुगेको स्रोतको जिकिर छ ।

असफल र भ्रष्ट कम्युनिष्टसँग मिलेर सरकार बनाउने काँग्रेसको चाहना उदेकलाग्दोः कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दलहरु जयाँ चुनावमा जानुपर्ने बताएका छन् । उनले गत चुनावमा जनताले स्थायित्व र समृद्धिकोलागि कम्युनिष्टलाई मत दिएको बताएका र नेकपा कुर्सी तथा पैसाको झगडाले फुट्यो बताएका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, नेकपाले जनतालाई धोका दियो। त्यही असफल र भ्रष्ट कम्युनिष्टसँग मिलेर सरकार बनाउने काँग्रेसको चाहना उदेकलाग्दो छ। कम्युनिष्टसँग मिलेर सरकार बनाउन अस्विकार गरी काग्रेस नयाँ चुनावमा जानुपर्छ ।

पछिल्लो समय नेपाली काँग्रेसले सरकारमा जान पहल गरिरहेको छ । ओली सरकार धरापमा परेको टिकाटिप्पणीहरु समेत भइराखेको छ । कसलाई प्रधानमन्त्री बनाउने भन्ने बहस उत्तिकै चलेको छ ।