किन आइरहन्छ पसिना, यस्तो छ कारण

रामेछाप खबर संवाददाता

काठमाडौं–

तपाईं कुनै बैठककक्षको मुख्य स्थानमा उभिएर आफ्नो प्रजेन्टेसन दिइरहनु भएको छ । तपाईंको अघिल्तिर तपाईंका हाकिम, सिनियर तथा सहकर्मीहरु बसिरहेका छन् । उक्त मिटिङ अति नै महत्वपूर्ण छ । ठिक त्यहि बेला तपाईंको मुटुको धढ्कन तिव्र भइरहेको छ । हत्केला पनि पसिनाले भिजिसकेको छ ।

तपाईं आफ्ना हत्केलाहरु कुनै प्रकारले पुछ्ने प्रयास गरिरहनु भएको छ । आत्तिएर तपाईंको हातबाट तपाईंले तयार पारेका नोटहरु झर्न मात्र बाँकी हुन्छ । यस्तो परिस्थितिमा केवल तपाईंको आत्मविश्वास घट्ने मात्र नभएर तपाईंको अघिल्तिर बसेका मानिसलाई पनि तपाईंको व्यक्तित्वप्रति नकारात्मक प्रभाव पर्न सक्छ ।

यो एउटा सामान्य प्रक्रियामा हो, जुन हामीमध्ये अधिकांशको जीवनमा दोहोरिरहेको हुन्छ । यो स्ट्रेसफुल अर्थात तनावपूर्ण परिस्थितिको स्वभाविक प्रतिक्रिया हो ।

फर्स्ट डेट, अति आवश्यक सामाजिक छलफल अथवा कुनै डेडलाइनलाई मिस गर्ने भयका कारण पनि यस प्रकारको स्थिति पैदा हुन्छ ।
कहिलेकाहिं पीरो तथा मसलायुक्त भोजन, जंक फूड, धुम्रपान अथवा क्याफीनको प्रयोग धेरै हुँदा पनि यस्तो हुन्छ । पसिना शरीरको विशेष भागमा धेरै आउँछ, जस्तो हाम्रो हत्केला, निधार,पैतला आदि ।

यी अंगहरुमा पसिना धेरै आउनुको कारण यिनीहरुमा स्वेटग्ल्याण्ड अथवा पसिनाका ग्रन्थीहरु धेरै हुन्छ । पसिना निस्केपछि हाम्रो शरीरको तापक्रम घट्छ । जब हामी जगिङ जान्छौं, कुश्ती खेल्छौं, मेहनत गर्नु पर्ने काम गर्छौं अथवा धेरै गर्मी भएको छ भने हामीलाई पसिना आउन थाल्छ । तनावपूर्ण परिस्थितिमा पनि हाम्रो शरीरको तापक्रम बढ्छ र पसिना आउँछ ।

नर्भस स्वेटिङ हुनुको कारण

यस सन्दर्भमा विशेषज्ञहरु भन्छन् –‘जब हामी नर्भस हुन्छौं, तब हाम्रो स्ट्रेस हार्मोन एक्टिभेट हुन्छ । जसका कारण हाम्रो शरीरको तापक्रम र मुटुको धड्कन बढ्छ । मस्तिष्कमा समावेश हाइपोथेलेमस, जसले पसिनालाई नियन्त्रित गर्छ, पसिना ग्रन्थिलाई शरीरलाई चिसो बनाउनका लागि केही पसिना निकाल्नु आवश्यक भएको कुराको सन्देश पठाउँछ । सिम्पेथेटिक नर्भस सिस्टमले इमोशनल सिग्नल्सलाई पसिनामा परिवर्तन गरिदिन्छ । हामीले यो प्रक्रियालाई नियन्त्रित गर्न सक्दैनौं ।’

यस्तो स्थितिबाट कसरी बच्ने भन्ने बारेमा चिन्तित हुनु अथवा डराउनु पर्दैन । यदि त्यसो गर्नु भयो भने तपाईंको समस्या अझ बढ्न पुग्छ ।
डराएको बेला सास छिटो–छिटो फेरिन्छ । रगतको प्रवाह बढ्छ, जसबाट अझ बढी पसिना निस्कन थाल्छ ।

आराम तथा ध्यान

यदि तपाईंको मुुटुको धड्कन तिब्र भयो भने थोरै आराम गर्ने प्रयास गर्नु पर्छ । आफ्नो ब्रिदिङमा फोकस गर्नु पर्छ । गहिरो सास लिनु पर्छ । केही समयसम्म (५–६ सेकेण्ड) सास रोक्ने र छाड्ने गर्नु पर्छ । यसबाट तपाईंको मन शान्त रहनेछ र स्ट्रेस घट्छ ।

नियमित रुपले व्यायाम गर्नु पर्छ
जो व्यक्ति नियमित रुपले व्यायाम गर्छ, उनीहरुको तनाव पनि कम हुन्छ । आत्मविश्वास बढ्छ । तपाईं जति बढी आत्मविश्वासी हुनु हुनेछ, तनावपूर्ण स्थितिहरुलाई उत्तिकै उत्कृष्ट शैलीमा सम्हाल्न सक्नु हुनेछ ।

शरीरमा पानीको स्तर कायम गर्नुपर्छ
आफ्नो शरीरका तापक्रम कम राख्नका लागि धेरै भन्दा धेरै पानी पिउनु पर्छ, ताकि अधिक गर्मीलाई तपाईंको शरीरले छालामार्फत पसिनाको रुपमा बाहिर निकाल्न सकोस् ।

एन्टि–पर्सपिरेन्टको प्रयोग
एन्टि–पर्सपिरेन्टमा पसिनालाई ब्लक गर्ने क्षमता हुन्छ । यदि तपाईंलाई नर्भस, स्ट्रेस अथवा एन्जाइटी स्वेट (पसिना) को समस्या छ, हात (हत्केला) मा बढी पसिना आउँछ भने एन्टि–पर्सपिरेन्ट लगाउनु पर्छ ।

तपाईंसंग थोरै बेकिङ पाउड, कोर्नस्टार्च आदि हुनुपर्छ र कुनै तनावपूर्ण अवस्थाको सामना गर्नु भन्दाअघि त्यसलाई आफ्नो हत्केलामा लगाउनु पर्छ ।