सायद मैले गरेको गल्तिको सजाय आज पाउँदै छु: विमल

रामेछाप खबर संवाददाता

काठमाडौं, २५ फागुन ।

नेपाली फुटबलर विमल घर्तीमगरको घुँडाको शल्यक्रिया भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा उनको कतारमा शल्यक्रिया भएको हो। मंगलबार शल्यक्रियापछिको सामाजिक सञ्जाल फेसबुकमा एक तस्वीर पोष्ट गर्दै उनले भावुक स्टाटससमेत लेखेका छन्।

‘सायद मैले गरेको गल्तिको सजाय आज पाउँदै छु। प्रतिस्पर्धाको समयमा म केही समयको लागि अड्किएको छु, तर हिम्मत हारेको छैन। मैले नयाँ खेल जीवनको सुरुवात गर्नेछु। जुन माया विश्वास र साथ पाएको थिए त्यो फेरि पाउनेमा आशावादी छु’, विमलले लेखेका छन्।

उनले उपचारकाे लागि सहयाेग गर्ने एन्फा र शुभचिन्तकहरुलाई धन्यवादसमेत दिएका छन्। ‘मेरो चोटलाई मलम लगाई दिनुहुने सबैलाई म धन्यवाद दिन चाहान्छु। बिशेष गरी यो समयमा मलाई सहयोग गर्दिनु भएकोमा एन्फाप्रति आभारी छु।’
यसले गर्दा एफएचइको स्पीड बढाउन सकिने कम्पनीको विश्वास रहेको छ । २३ वर्षीय विमलले सिनियर राष्ट्रिय टोलीका लागि ३५ खेलमा ८ गोल गरेका छन्।

एडभान्सड क्लाउड इन्क्रिप्सनमा काम गर्दै इन्टेल

इन्टेलले डिफेन्स एडभान्सड रिसर्च प्रोजेक्ट एजेन्सीको रुपमा द डेटा प्रोटेकसन इन भर्चुअल इन्भारोमेन्ट (डीपीआरआईभी) सँग सहकार्य गर्ने भएको छ । डीपीआरआईभी विशेष गरी फुल्ली होमोमर्फिक इन्क्रीपसन (एफएचई) मा केन्द्रित रहेको छ । डीपीआरआईभीले एफएचईमा परिमार्जन गरेर सुरक्षाको तह बढाउने प्रयत्न गरिरहेको छ । एफएचईले डेटा डिक्रिप्ट नगरिकनै इन्क्रिप्ट गर्न दिन्छ ।

डिफेन्स एडभान्सड रिसर्च प्रोजेक्ट एजेन्सीको अनुसार ल्यापटपले केही सेकेडण्मै गर्न सक्ने क्यालकुलेसनहरु अहिलेको समयमा एफएचई रहेको पुरानो सर्भरमा हप्तौँ लाग्न सक्ने पनि हुन्छ ।त्यही कारणले यसको परफरमेन्सको क्षमतालाई सर्वप्रथम विकास गर्नुपर्ने हुन्छ । इन्टेलले एप्लीकेसनलाई केन्द्रित गरेर एकीकृत सरकीट एक्सीलेटर बनाउनेछ ।