सूर्य थापाले कसलाई भने अपराधी ?

रामेछाप खबर संवाददाता

काठमाडौँ ,२५ फागुन ।

प्रचण्ड-माधव माथि निरन्तर व्यंग्यमा उत्रने गरेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले केपी शर्मा ओलीलाई पार्टी सदस्यताबाट निस्कासित गरेकाे घाेषणा गर्नेहरूलाई अपराधी भनेका छन ।

सामाजिक सञ्जाल फेसबुका स्टाटस राख्दै उनले भनेका छनः ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेकाे घाेषणा गर्ने अपराधीहरूकाे मुहार झलझली सम्झना भइरहेकाे छ।’

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि दाहाल-नेपाल समूह विरुद्ध खनिँदै आएका थापाले अदालतले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता खारेज गरिदिएसँगै यस्ताे स्टाटस शेयर गरेका हुन ।

उनले अगाडी लेखेका छनः ‘जनताले दुई तिहाइकाे जनादेश दिएकाेमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिकाे बल लगाउने यिनकाे अनैतिक हर्कत बिर्सन मिल्दैन ।’

प्रधानमन्त्री कुन पार्टी हो? सर्वोच्चलाई गएर सोध्नुस् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोध्नेहरुले सर्वोच्च अदालतलाई गएर सोध्न आग्रह गरेका छन्। १ सय ११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उनले संसदमा आफूलाई कुन प्रधानमन्त्री भएको प्रश्नको जवाफ दिँदै भने- यदि मैले उहाँलाई कुन पार्टीको हो भनेर सोधेँ भने?

आइतबार प्रचण्ड-माधव समूहका नेता भीम रावलले प्रधानमन्त्री कुन पार्टीको भन्दै प्रश्न गरेका थिए।