१२ वर्ष अघि कोठा लिएर बस्ने नेहा जब यस्ताे महलमा बस्ने भइन्…

रामेछाप खबर संवाददाता

काठमाडौँ ,२५ फागुन ।

बलिउडमा गायिका नेहा कक्कड निकै चर्चित नाम हाे । नेहाको आवाजको कारण उनलाई अहिले पुरै संसारले चिन्छन् । नेहाले सामाजिक संजाल मार्फत एक पोस्ट श्येर गरेकी छन्, जुन पाेस्टले अहिले निकै चर्चा पाएकाे छ ।

नेहाले नयाँ घरको दुई तस्विर शेयर गरेकी छन् । त्यस तस्विरलाई शेयर गर्दै नेहाले आफ्नो १२ वर्षको सं’घर्षको कहानी बताएकी छिन् । सिनेमा जगतमा आउनुभन्दा पहिला नेहा एक कोठामा भाडामा बस्थिन् ।

यधपी अहिले उनीसँग शानदार घरमा बस्छिन् । आफ्नो पुरानो दिनलाई सम्झिदै नेहाले इंस्टाग्राममा दुई तस्विर शेयर गर्दै मनकाे दुख पाेखेकी छिन् । एक तस्वीर नेहाको पुरानो घरको हो, जहाँ उनी जन्मेकी थिइन् । नेहा कक्कडले लेखेकी छिन्, यो त्यो बंगला हो जुन अहिले हाम्रो छ । दोस्रो घर ऋषिकेश जहाँ म जन्मिएकी थिए ।

त्यस घरमा हामी कक्कड परिवार एउटा कोठामा बस्थ्यौ । त्यहाँ मेरी आमाले एक टेबल राखेकी थिइन, जुन हाम्रो किचेन थियो । त्यो घर हाम्रो आफ्नै थिएन । हामीले भाडा तिर्रथ्याैँ । अहिले जब म एउटै शहरमा मेरो आफ्नै यस बंगलालाई देख्छु तब म सधैँ भा’वुक हुन्छु । कमै मान्छेलाई यो थाहा छ कि सिनेमा जगतमा आउनुभन्दा पहिला नेहा र उनको दिदि र दाई भजन गाउथे ।

नेहाले अगाडी लेखिन् मेरो परिवारलाई धन्यवाद ! आमाबुबा, हजुरआमा र मेरो शुभचिन्तकलाई पनि । नेहाको यस पोस्टमा थुप्रै स्टारले प्रतिक्रिया दिएका छन्। कमै मान्छेलाई यो थाहा छ कि सिनेमा जगतमा आउनुभन्दा पहिला नेहा र उनको दिदि र दाई भजन गाउथे ।

इन्डियन आइडलमा प्रतिस्पर्धीको रुपमा आएपछि नेहालाई सफलता मिल्यो र त्यसपछि उनले सफलताको सिडी चढिन् । नेहाले इंडियन आइडलमा प्रतिस्पर्धीको रुपमा भाग लिएपछि म्यूजिक एल्बम निकालिन जसको नाम नेहा द रक स्टार थियो । जुन २००८ सालमा आएको थियो । त्यसपछि उनलाई सिनेमा जगतमा काम मिल्न थाल्यो ।