माछाको पेटभित्र मान्छेको अनुहार भएको माछा भेटिएपछि…

रामेछाप खबर संवाददाता


माछा मारेर जीविका चलाउने एक व्यक्तिले मान्छेको जस्तै अनुहार भएको माछा फेला पारेपछि उनी चर्चित भएका छन् । इन्डोनेसियाका ती व्यक्तिले आफूले समातेर ल्याएको सार्क माछाको पेटभित्र मान्छे अनुहारको सार्कको बच्चा फेला पारेका हुन् ।

इन्डोनेसियाको पूर्वी नुसा तेङ्गारा प्रदेशको रोटे नादो क्षेत्रका ४८ वर्षीय अब्दुल्लाह नुरेनले अनौठो चेहेराको माछा फेला पारेका हुन् । केही दिनअघि अब्दुल्लाह नुरेन सदाझैँ माछा समात्नका लागि उनी गएका थिए । उनले आफ्नो जालमा एउटा सार्क माछा पारेर त्यसलाई ल्याएर उनले घरमा राखे ।

त्यसको भोलिपल्ट त्यो माछाको पेट चिरेर हेर्दा त्यसमा तीन वटा बच्चा थिए । त्यसमध्ये दुईवटा बच्चा अन्य सार्क माछाजस्तै थिए । एउटा भने अनौठो रुपको थियो ।

नुरेनको घरमा यस खालका माछा भेटिएपछि हेर्न आउनेहरुको भीड लाग्न थाल्यो । धेरैले उनलाई महंगो मूल्य दिएर त्यो माछा किन्न कोसिस पनि गरे । तर नुरेनले त्यो आफ्नो सौभाग्य भएको भन्दै बेच्न अस्वीकार गरे ।