कसरी बन्छ हामीले खाने नुन ?

रामेछाप खबर संवाददाता


तपाईं हामीले दैनिक रुपमा दाल, तरकारी र अचारमा प्रयोग गर्ने नुन कसरी प्राप्त हुन्छ होला ? कतिपयले त नुन महासागरबाट प्राप्त हुन्छ भन्ने जानकारी राख्नुहोला । यद्यपि कतिलाई त यो कुराको जानकारी नहुन पनि सक्छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले केही समयअघि चीनको लियानयुङयाङ शहरको समुद्री किनारामा नुन निकालेर त्यसलाई धुल्याउँदै गरेको तस्वीर प्रकाशन गरेको थियो । तस्वीरमा समुन्द्रबाट संकलन गरेर ल्याएको नुनलाई चिनियाँ कामदारहरुले तह लगाइरहेको देख्न सकिन्छ ।

तस्वीरमा एक मजदुरले संकलित नुनका ठुलाठुला ढिकाहरुलाई डोजरले धुल्याइरहेको समेत देख्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले सोडियमको मात्रा घटाउने सल्लाह दिएको छ । सन् २०१३ मा प्रकाशित नयाँ निर्देशिकाले दुई हजार एमजी वा पाँच ग्रामभन्दा कम नुन खान हुने बताएको छ । यो भनेको जम्मा एक चम्चा नुन हो ।

यस्ता छन् मनतातो पानीमा मरिच हालेर पिउनुका फाइदा

काठमाडौं — पानी पिउनु स्वास्थ्यका लागि अत्यन्तै जरूरी कुरा हो किनकि यसले शरीरको विकासमा धेरै मद्दत गर्छ । अनि मरिचले पनि स्वास्थ्यसम्बन्धी धेरै समस्या समाधान गरिदिन्छ । मनतातो पानीमा मरिच हालेर पिउँदा त झन् फाइदै फाइदा हुन्छ ।

रक्ताल्पता
मनतातो पानीमा मरिच हालेर पिउँदा आइरनको कमी पूरा हुन्छ र रगत कम हुने समस्या हराउँछ ।

कब्जियत
मरिच र मनतातो पानीले शरीरको टक्सिनहरू हटाएर कब्जियत भगाउँछन् ।

छाला
यसको सेवनले शरीरमा पानीको मात्रा बस्छ र अनुहारको चमक बढाउँछ ।

रक्तचाप
मनतातो पानीमा मरिचको सेवनले रक्तचाप नियन्त्रणमा रहन्छ किनकि मरिचमा पोटेसियम हुन्छ ।

जोर्नी
यसमा भएको एन्टीइन्फ्लेम्मेटोरी गुणका कारण जोर्नीको पीडा शान्त हुन्छ ।

मोटोपना
मरिच र मनतातो पानी एकसाथ लिँदा मेटाबोलिजम बढ्छ र मोटोपना घट्छ ।

मांसपेशी
यसले शरीरको मांसपेशीलाई बलियो बनाउँछ । जिम जानेहरूले यसको सेवन गर्दा धेरै लाभ प्राप्त हुन्छ ।

एजेन्सी