संसदमा भीम रावलको प्रश्न: प्रधानमन्त्रीको हैसियत के हो ?

रामेछाप खबर संवाददाता

काठमाडौँ ,२३ फागुन ।

विभाजित नेकपाका नेता भीम रावलले सर्वोच्च अदालतको आइतबारको फैसलाको आलोचना गर्दै प्रधानमन्त्रीको दलीय हैसियतबारे प्रश्न गरेका छन् । पुनर्स्थापनापछिको पहिलो संसद बैठकमा नेता रावलले यस्तो प्रश्न गरेका हुन् । संसदको कार्यसूची फेरिएकोमा पनि उनले आपत्ति जनाएका थिए ।

प्रधानमन्त्रीको राजनीतिक दल अस्पष्ट भएको र सरकारलाई कुन दलको रुपमा बुझ्ने भन्दै उनले प्रश्न गरेका थिए । सर्वोच्च अदालतको फैसलापछि सरकार र प्रधानमन्त्रीको वैधानिकतामाथि गम्भीर प्रश्न उठेको भन्दै रावलले यसबारे छलफल गरिनुपर्ने बताएका थिए ।

सर्वाेच्चकाे फैसला मान्छौँ, कार्यान्वयन गर्छाैँ : प्रधानमन्त्री ओली

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला मान्ने बताउनुभएको छ ।

नयाँ बानेश्वरमा रहेकाे संसद् भवनबाट बाहिरिने क्रममा नेकपाबारे सर्वोच्च अदालतले आइतवार गरेको फैसलासँग सम्बन्धित रही सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले सर्वाेच्चकाे फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अपराह्न झण्डै चार बजे संसद् भवन प्रवेश गर्नुभएका प्रधानमन्त्री ओली झण्डै आधा घण्टा बसेर फर्किनुभएको थियो । अपराह्न चार बजेका लागि बोलाइएको प्रतिनिधि सभाको अधिवेशन अहिले सुरु भएकाे छ ।

सर्वोच्च अदालतले आइतवार नै नेपाल कम्युनिस्ट पार्टी ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको तथा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग–अलग राजनीतिक दलका रूपमा पहिलेकै अवस्थामा कायम रहने फैसला गरिसकेको छ ।