अझै बढ्ने भयो पेट्रोलको मूल्य

रामेछाप खबर संवाददाता


पेट्रोल र डीजेलको मूल्य आगामी दिनमा थप बढेर जाने देखिएको छ । तेल उत्पादक मुलुकहरूको समूह ओपेक र अन्य देशले इन्धन उत्पादनमा कटौतीलाई अप्रिल महिनासम्मका लागि बढाएका छन् । तेल उत्पादनमा कटौतीका लागि आआफ्नो वर्तमान स्तर कायम राख्ने निर्णय उनीहरूले लिएका छन् जबकि तेलको माग कोभिडभन्दा अघिको स्तरमा पुगेको छ ।

साउदी अरबको नेतृत्वमा ओपेक मुलुक तथा रुसको नेतृत्वमा सहयोगी तृल उत्पादक देशहरूको अन्लाइन मीटिङमा उत्पादन कटौती कायम राख्ने फैसला लिए । संसारको सबभन्दा ठूलो तेल उत्पादक मुलुक साउदीले दिनदिनै १० लाख ब्यारलको कटौती कम्तीमा अप्रिलसम्म कायम राख्नेछ ।

रुस र कजाकास्तानले चाहिँ तेल उत्पादन केही बढाउन सक्छन् ।

गत फेब्रुअरी महिनामा इन्भेस्टमेन्ट बैंक गोल्डम्यान स्याक्सले कच्चा तेलको मूल्य वृद्धिको अनुमान गरेको छ । जुलाई महिनासम्म कच्चा तेलको खपत कोभिडभन्दा अघिको स्तरमा पुग्ने उसको अनुमान छ ।
कच्चा तेल प्रति ब्यारल १० डलरले महंगो हुने अपेक्षा छ ।