दातको बिचमा खाली ठाउँ छ ? यस्ता हुन्छन् यी व्यक्तिहरू…

रामेछाप खबर संवाददाता


व्यक्तिको अनुहार, शरीरको अलग अलग रंगको आंकलन गरेर व्यक्तिको स्वभाव, चरित्रका साथै व्यक्तित्वकाे पत्ता लगाउँने शास्त्र नै सामुन्द्रिक शास्त्र हो । मानिसहरुको दाँतको अगाडीको भागमा बिचमा खाली हुनुलाई सुन्दरताको हिसाबले राम्रो मानिदैँन । तर वास्तवमा यसको अर्थ थाहा पाउनु भयो भने तपाईहरु पनि आर्चयमा पर्नुहुनेछ । अगाडीको दाँतको बिचमा खाली हुनुलाई सामुन्द्रिक शास्त्रले बुद्धिमताको निशानी मानेको छ ।

-सुन्तरता : सामान्यतया दाँतको ग्याप छ भने यसले मुस्कानलाई नै फिका बनाइदिन्छ । त्यसैले सुन्दरताको दृष्टिले यो सहि मानिदैँन ।
-बुद्धिमता : दाँतको अगाडीको बिच भागमा खाली हुनुलाई सामुन्द्रिक शास्त्रले बुद्धिमताको निशानी मानेको छ ।
-रचनात्मक क्षमता : मिलेको दाँत भएका व्यक्तिकाे रचनात्मक क्षमता हुनुका साथै यस्ता व्यक्तिले पैसा पनि सम्हालेर राख्छ ।

-ठूलो लक्ष्य : अगाडीको दाँतको बिचमा खाली ठाउँ हुने व्यक्तिकाे भित्र उर्जा हुन्छ र जीवनमा एक ठूलो लक्ष्य हासिल गर्न सक्छन् ।
-खुल्ला विचार : दाँतको अगाडीको भागमा खाली हुने व्यक्तिहरू खुल्ला विचारवालाका साथै साथी पनि छिट्टै बनाउने हुन्छन् ।
-खानपानको सौखिन : यस्ता व्यक्तिहरू निकै नै खानपानको सौखिन हुन्छन् ।

-अति बोल्ने: सामुन्द्रिक शास्त्रका अनुसार दाँतको अगाडीको भाग खाली हुने व्यक्तिहरू निकै बोलक्कड हुन्छन् ।
हार नमान्ने: दाँतको बिचमा खाली हुने व्यक्तिहरू सजिलै हार मान्दैनन् । अप्ठार्यो अवस्था आइपर्दा पनि आतिने गर्दैनन् र सधै खुसी रहन जान्ने हुन्छन् ।