निद्रामा १५ मिनेट नपुग्दा मोटोपन र हृदयघातको खतरा !

रामेछाप खबर संवाददाता


मोटोपन घटाउने कुरा आउँदा मानिसहरु आफ्नो खानपानमा बढी ध्यान दिन्छन् । शारीरिक अभ्यासमा जोड दिन्छन् । सानोभन्दा सानो कुरामा पनि ध्यान आकर्षित हुन्छ । तर, निद्राबारे मानिसहरु खासै चासो राख्ने गरेको पाइँदैन ।

निद्रा शरीरका लागि यति जरुरी हो कि हामी त्यसलाई बिर्सिहाल्छौं । धेरै मानिसहरुलाई पत्यार नलाग्न सक्छ । तर, निद्रा कम हुँदा पनि माटोपन हुने खतरा ज्यादा हुन्छ । पछिल्लो एक दशकमा गरिएको अध्ययनअनुसार कम निदाउने मानिसमा मोटोपनको समस्या अधिक पाइएको छ ।

यसलाई ध्यानमा राख्दै अनुसन्धानकर्ताले शरीरको तौल र निद्राबीचको सम्बनधबारे अध्ययन गरेका छन् । अध्ययनमा आवश्यकताभन्दा कम निदाउने र रातमा ७ देखि ८ घण्टा भन्दा कम निदाउने मानिसहरुले आफ्नो भोकलाई नियन्त्रण गर्न नसक्ने पाइएको छ ।

जसकारण मोटोपनदेखि हृदयरोग, उच्च रक्तचाप र टाइप–४ को डायबिटिज जस्ता गम्भीर समस्या उत्पन्न हुने अध्ययनले निश्कर्ष निकालेको छ । इन्टरनल मेडिसिन नामक एक पत्रिकामा प्रकाशित अध्ययनमा यदि कुनै व्यक्ति आवश्यकताभन्दा १५ मिनेटमात्रै काम निदाउने गर्दा पनि त्यसबाट शरीरको तौल बढ्न सक्छ ।

अध्ययनमा करिब एक लाख ४० हजार व्यक्तिको निद्राउने तरिका र समयमाथि निगरानी राखिएको थियो । करिब १२ वर्षसम्म यो अध्ययनमा सहभागीमाथि निगरानी राखिएको थियो । साथै यसका लागि स्मार्टफोन, स्मार्टवाच र फिटनेश ट्रयाकर्समा राखिएको स्लीप एप्सको प्रयोग गरिएको थियो ।

अध्ययनमा बिएमआई ३० भन्दा अधिक देखिएकालाई मोटोपनको श्रेणीमा राखिन्छ । जसमा स्वस्थ बिएमआई भएका व्यक्तिको तुलनामा करिब १५ मिनेटमात्र कम सुत्ने व्यक्तिमा मोटोपनको खतरा अधिक देखिएको हो ।

निद्रा कम हुँदा भोक बढाउने हार्मोन अधिक रुपमा बढ्छ । अध्ययनमा कुनै व्यक्तिको निद्रा पूरा नभएको अवस्थामा शरीरमा घ्रेलिन हाम्रोनमा मात्रा बढ्ने गरेको पाइएको छ । साथै लेप्टिन हाम्रोनको कमी हुँदै जान्छ । लेप्टिन हाम्रोनले भोकलाई कम गर्छ भने, घ्रेलिनले बढाउँछ ।

तौल बृद्धिका लागि पनि घ्रेलिन हाम्रोन नै मुख्य जिम्मेवार मानिन्छ । तौल बढ्नाले उच्च रक्तचाप, हृदयघात र टाइप–४ डायविटिज हुने खतरा पनि अधिक हुने अध्ययनकर्ताले बताएका छन् ।

बेलायतमा गरिएको एक अध्ययनमा पनि जो व्यक्ति रातिमा कम्तिमा ७ घण्टा निदाउँदैनन्, उनीहरुमा मोटोपन र हृदयघातको खतरा सामान्य व्यक्तिभन्दा अधिक हुने पाइएको छ ।