यी घरेलु उपचार विधिबाट यसरी हटाउनुहोस् कपालको चायाँ

रामेछाप खबर संवाददाता

काठमाडौँ ।

जाडो होस् वा गर्मी, कपालमा पर्ने चायाँको समस्याले धेरैलाई हैरान बनाएको हुन्छ। चायाँले गर्दा कपाल झर्ने, ड्राइ हुने समस्या समेत बढ्दै जान्छ। आज हामीले तपाईलाई चायाँबाट छुट्कारा दिने घरेलु उपायका बारेमा जानकारी दिदैछौँ । यी घरेलु विधि एक पटक प्रयोग गर्नुभयो भने कपालको चायाँ हटेर जानेछ।
सामाग्री सुन्तला कपुर टी ट्री ओइल

विधि
एउटा सुन्तला लिनुहोस् र उक्त सुन्तलाको जुस निकाल्नुहोस्। त्यसपछि एउटा कपुर लिनुहोस्। उक्त कपुरलाई पिनेर पाउडर बनाउनुहोस्। एउटा कचौँरामा आफ्नो कपाललाई आवश्यक पर्ने जति सुन्तलाको जुस लिनुहोस्। उक्त जुसमा कपुरको पाउडर राख्नुहोस्। त्यसपछि त्यसमा अलिकती टी ट्री ओइल पनि राख्नुहोस्। सबै सामाग्री राखेपछि त्यसलाई राम्रोसँग घोल्नुहोस्। यदी गरेपछि तपाईले आफ्नो कपालमा त्यसलाई लगाएर राम्रोसँग मसाज गर्नुहोस् ।

याद रहोस् यो विधि तपाईले नुहाउनुभन्दा करीब १ घण्टा पहिले आफ्नो कपालमा प्रयोग गर्नुपर्छ। त्यसपछि १ घण्टापछि तपाईले कपाललाई राम्रोसँग सफा पानीले धुनुहोस्। चाहनुहुन्छ भने तपाईले आफुले प्रयोग गर्दै आएको स्याम्पु प्रयोग गर्न सक्नुहुन्छ। एक पटक यो विधिको प्रयोगले तपाईको कपालको चायाँ हटेर जानेछ