ऋतिकले आफूविरुद्ध बयान दिने भएपछि कंगनाले भनिन्, ‘म कहाँबाट कहाँ पुगेँ, मेरो मूर्ख पूर्वप्रेमी…’

रामेछाप खबर संवाददाता

काठमाडौं, १७ फागुन ।

बलिउड उद्योगका अभिनेता तथा अभिनेत्री कंगना रनौत र ऋतिक रोशनबीचको विवाद फेरि चर्चामा आएको छ । कंगनाको मेलबाट १०० वटाभन्दा बढी मेल पठाएको विषयमा उत्पन्न भएको विवाद अझैसम्म विना निष्कर्ष विवादमा नै अल्झिरहेको छ ।
त्यसैसन्दर्भमा आज ऋतिक रोशनले आफ्नो बयान दिने भएका छन् । उनले मुम्बई प्रहरीको क्रिमिनल इन्टेलिजेन्स युनिटलाई आफ्नो बयान दिनेछन् ।

ऋतिकले बयान दिने भएपछि कंगनाले भनिन्, ‘दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो । मेरो मुर्ख पूर्व प्रेमी अहिले पनि त्यही समयमा अड्किरहेको छ जहाँ त्यो समय फेरि फर्किएर जान सक्दैन ।’

अमिताभ बच्चनले गराए आँखाको शल्यक्रिया

७८ वर्षीय बलिउड अभिनेता अमिताभ बच्चनको आँखाको शल्यक्रिया भएको छ। बलिउड हंगामाका अनुसार अमिताभ निकट मित्रले उनकाे आखाँको लेजर शल्यक्रिया भएको बताएका हुन्। अमिताभले शनिबार ट्विटरमार्फत आफ्नो शल्यक्रिया हुने संकेत दिएका थिए। उनले ट्विटमा लेखेका थिए, ‘चाहिनेभन्दा अलि बढी नै बढिरहेको छ। शल्यक्रिया गर्नुपर्ने भयो। यो जीवनको भोलिको कुरा हो। के-कस्तो हो भोलि नै थाहा हुनेछ।’

अमिताभको यस्तो ट्विटमा उनका शुभचिन्तकहरू निकै चिन्तित भए। आफ्नो स्वास्थको ख्याल राख्न भन्दै धेरैले ट्विटरमै प्रतिक्रिया जनाएका थिए। तर शल्यक्रियापछि अमिताभको स्वास्थ एकदमै ठिक भएको जनाइएको छ।

अमिताभले बलिउड हंगामालाई भनेका छन्, ‘त्यस्तो ठूलो केही होइन। मोतीबिन्दु हटाउन लेजरमार्फत आखाँको सर्जरी गरेको हो। उनी अबको २४ घण्टामा घर फर्कने छन्।’ अमिताभ सफल शल्यक्रिया गराइ सोमबार घर फर्कने बताइएको छ।